काठमाडौं । नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ ।
यस योजना अन्तर्गत सीएफमोटो २५० डुअल ईएफआइ खरिद गर्ने ग्राहकहरूले ८ हजार ३०० रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्य पाउने छन् ।
यसका अतिरिक्त प्रत्येक ग्राहकले प्रिमियम हेल्मेट (एण्टीफग प्रविधिसहित) उपहार पाउने छन् ।
यो योजना अन्तर्गत लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद क्यासब्याक जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा सीएफमोटो २५० एनके र ३०० एनके मोडेलको मूल्य क्रमशः ४ लाख ४९ हजार ९०० रुपैयाँ र ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, कम्पनीले प्रिमियम एड्भेन्चर मोडेल सीएफमोटो ४५० एमटी (जेफिर ब्लू) खरिद गर्ने ग्राहकलाई विशेष प्याकेज उपलब्ध गराइएको छ । जसमा ग्राहकले एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट पाउने छन् ।
कम्पनीले जीहो एई ८ ईभी मोडेलको स्कुटरको हकमा पनि विशेष ४ लाख ४९ हजार ९०० रुपैयाँको अफर कायमै रहेको जनाएको छ ।
यो अफर २०८२ चैत २० गतेदेखि २०८३ वैशख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै २०८३ देखि देशभर आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । सोही क्रममा वैशाख भित्र चितवन र पोखरामा थ्रीएस अवधारणाका शोरुमहरू संचालनमा ल्याउनले जनाएको छ । कम्पनीले २०२५ जनवरी १ देखि स्पेयर पाट्र्सको मूल्य उल्लेखनीय रूपमा घटाएको थियो ।

