नयाँ डिजाइनमा आयो सुजुकी बर्गम्यान स्ट्रीट, थपिए फिचर

काठमाडौं । सुजुकी इन्डियाले म्याक्सी बर्गम्यान स्ट्रीट १२५ स्कुटरको अपडेटेड भर्सन सार्वजनिक गरेको छ ।कम्पनीले नयाँ बर्गम्यान स्कुटरलाई थप प्रिमियम र नयाँ फिचरहरू थपेर भारतीय बजारमा बिक्री सुरू गरेको हो ।

कम्पनीले सुजुकी बर्गम्यान स्ट्रीट १२५ नयाँ भेरियन्टको मूल्य १ लाख २ हजार देखि १ लाख १३ हजार भारु (एक्स शोरुम) तोकेको छ ।

बर्गम्यान नयाँ भेरियन्टले अब बजारमा थप फिचरका साथै सुधारिएको प्लेटफर्मसहित प्रिमियम स्कुटर सेग्मेन्टमा प्रतिस्पर्धा बढाउने लक्ष्य राखेको छ । साथै, बर्गम्यानको पुरानो ईएक्स भेरियन्ट पनि बिक्रीमै रहने कम्पनीले जनाएको हो ।

नयाँ बर्गम्यानमा म्याक्सी स्कुटर डिजाइनलाई थप आकर्षक बनाउँदै नयाँ कलर अप्सन र कसमेटिक अपडेट दिइएको छ । ठूलो विन्डस्क्रिन र आरामदायी सिट डिजाइनले लामो दूरीमा समेत सहजता प्रदान गर्ने बताइएको छ ।

अन्य देशमा उपलब्ध ठूलो सीसीको बर्गम्यानको जस्तै म्याक्सि डिजाइन नयाँ बर्गम्यान १२५ मा दिइएको छ ।

सुजुकी इको पर्फमेन्स इन्जिन प्लेटफर्ममा निर्माण भएको यो स्कुटरमा डुअल पड एलईडी हेड्ल्याम्प, नयाँ डुअल टोन कलर अप्सन, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, रियर स्विंग आर्म सेटअप, डिस्क र ड्रमब्रेक अप्सन, १२ इन्चको अलोय ह्वील, फ्रन्ट र अन्डर सिट स्टोरेज, मफलर सहितको नयाँ एग्जस्ट, नयाँ टेल-माउन्ट फ्युल क्याप र ५.५ लिटरको इन्धन ट्याकं रहेको छ ।

त्यस्तै, ब्लूटुथ कनेक्टिभिटीसहितको डिजिटल ४.२ इन्चको टीएफटी इन्स्टुमेन्ट क्लस्टर, पूरा एलईडी लाइट सिस्टम, इन्टिग्रेटेड एलईडी रियर लाइट, किलेस साइलेन्ट स्टार्ट सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, इन्जिन स्टार्ट र स्टप टेक्नोलोजी, मल्टि-फङ्सन स्टार्टर स्विच, पुश बटन स्टार्ट, यूएसबी चार्जिङ पोर्ट लगायत फिचर छन् ।

नयाँ बर्गम्यानमा १२४ सीसीको सिंगल-सिलिण्डर, फोर स्ट्रोक, एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । यसले अधिकतम ८ हर्सपावर र १०.२ एनएम टर्क जेनेरेट गर्छ ।

स्कुटरमा सीबीटी अटोमेटिक ट्रान्समिसन सिस्टम दिइएको छ । जसका कारण शहरभित्र चलाउन सहज हुने बताइएको छ । यसमा दिइएको इन्जिनलाई लो एण्ड मिड रेन्ज पर्फमेन्सका लागि ट्युन गरिएको छ । जसले गर्दा राम्रो माइलेज र कम्र्फट राइड पाउन सकिन्छ ।

अपडेटेड फिचर, प्रिमियम डिजाइन र राम्रो माइलेजसहित आएको नयाँ बर्गम्यान १२५ ले शहरी प्रयोगकर्तालाई लक्षित गर्दै बजारमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।


Back_to_top