काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले अत्याधुनिक वाइफाइ ६ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
कम्पनीले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न प्रविधिको इनटरनेट ल्याएको हो ।
प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो।
वाइफाइ ६ ले पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सीलाई न्यूनतम स्तरमा झार्दछ। फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुने छैन।
भायानेटले ग्राहकहरूका लागि २५० एमबीपीएस देखि ६०० एमबीपीएससम्मका उच्च गतिको वाइफाइ ६ प्याकेजहरू उपलब्ध गराएको छ।
जसमा २५० एमबीपीएस गतिको वार्षिक योजना मात्र १३ हजार ८०० रुपैयाँ (भ्याट सहित) पाउने छन् । यस अफर अन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा निःशुल्क पाउने छन् ।
साथै, कम्पनीले घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन ३ हजार ५०० रुपैयँँमै वाइफाइ ६ मेस राउटरको विकल्प पनि अघि सारेको छ।
साधारण राउटरले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुर्याउन नसक्ने समस्यालाई यस मेस सिस्टमले समाधान गर्नेछ।
पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रियालाई निकै सहज र किफायती बनाएको छ।
विद्यमान प्रयोगकर्ताले मात्र ५०० रुपैयाँमै आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन्। यस सहुलियतले नयाँ पुस्ताको इन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ।


