काठमाडौं । हिरोका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ ।
नेपालमा हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले ल्याएको ‘नयाँ युगको प्रारम्भ’ अफरमा यस्तो सुविधा पाइने भएको हो ।
साथै, ग्राहकले यस अफरमा आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटरसँग हिरोमा नयाँ सवारी साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा पनि १ लाखसम्मकै एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकको सहजतालाई मध्यनजर गर्दै इजी फाइनान्स सुबिधा पनि दिइरहेको छ । ग्राहकलाई हिरोका मोटरसाइकल वा स्कुटर किन्न जगदम्बा हायर पर्चेजले नागरिकता र ड्राइभिङ लाइसेन्सकै आधारमा कर्जा उपलब्ध गराउने छ ।
हाल नेपालमा उपलब्ध हिरोका प्रायः सबै मोटरसाइकल र स्कुटर बीएस ६ ओबीडी टू मापदण्डअनुसारमा किन्न पाइन्छ । अफरमा हिरोका विभिन्न लोकप्रिय मोडेलहरू समावेश छन् । जसले नयाँ प्रविधि, इन्धन दक्षता र विश्वसनीयता प्रदान गर्ने कम्पनीको दाबी छ ।

