काठमाठौं । सरकारले इन्धन बचत गर्न वर्क फ्रम होम र विद्युतीय सवारी साधनको प्रयोग गर्न आग्रह गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यस्तो आह्वान गरेकी हुन् ।
उनले सरकारले दीर्घकालीन रूपमा ईभी रूपान्तरणको कानुनी व्यवस्था अघि बढेको जानकारी दिँदै ईभी पूर्वाधार विस्तारका लागि पनि सरकार प्रतिबद्ध रहेको बताइन्।
‘आवश्यक परे जोरविजोर प्रणाली पनि सरकारले लागू गर्नेछ। सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ,’ उनले भनिन् ।

