शुक्रबारदेखि देशभर ‘केई एक्सचेन्ज क्याम्प’ सुरू हुँदै

काठमाडौं । यही चैत २७ गते (शुक्रबार)देखि देशभर केई गाडीको एक्सचेन्ज क्याम्प सुरू हुने भएको छ ।

केई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिट प्रालि र जिओ अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०८३ अवसरमा उक्त एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो ।

एक्सचेन्ज क्याम्प चैत २९ गतेसम्म केईका देशभरका आधिकारिक शोरुमहरूमा संचालन हुनेछ । जहाँ ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना गाडीसँग केईका नयाँ ईभी साट्न सक्नेछन् । यो ग्राहकका लागि सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी साधन केईका ईभीमा अपग्रेड गर्न अवसर रहेको कम्पनीको भनाइ छ ।

यस एक्सचेन्ज क्याम्पमा गहकले विभिन्न आकर्षक अफर पाउने छन् । जसमा नयाँ वर्ष विशेष नगद फाइदा, आकर्षक एक्सचेन्ज बोनस, उत्कृष्ट सवारी मूल्यांकन, फाइनान्सिङ सुविधा, अटो बीमा, ७ किलोवाट वा ३ किलोवाट चार्जर पाउने छन् ।

साथै, प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी, धुलिखेलमा एक रातको निःशुल्क प्याकेज उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज क्याम्पमा गहकले केई इक्युट ०२, इक्युट ०४, एक्स थ्री प्रो ईभी लगायतका इलेक्ट्रीक मोडलको बारेमा जानकारी लिन र अवलोकन गर्न सक्नेछन् ।

एक्सचेन्ज क्याम्पमा आगन्तुकहरूले लाइभ फूड स्टल र मनोरञ्जनात्मक गतिविधिहरूको आनन्द लिन सक्नेछन् । जसले ग्राहक र उनीहरूका परिवारका लागि यो अनुभवलाई थप रोचक बनाउने छ।

नेपालमा किफायती र भ्यालु फर मनि सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्न र आधुनिक मोबिलिटीमा पहुँच सहज बनाउन यो क्याम्प आयोजना गर्न लागिएको हो ।


Back_to_top