काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाए पनि विद्युतीय सवारीको हकमा भने लागू नहुने भएको छ ।
यातायात व्यवस्था विभागले चैत २५ गतेदेखि लागू हुने गरी यात्रुबाहक तथा मालवाहक सवारीको भाडादर बढाएको थियो । जसमा यात्रुवाहक सवारीको भाडादर १६.७१ प्रतिशत बढाएको छ ।
उक्त भाडादर इन्धनबाट चल्ने सवारीमा मात्र लागू हुने विभागले स्पष्ट पारेको छ । विद्युतीयले सवारीले यसअघि लिँदै आएको भाडा मात्र लिनुपर्नेछ । बढेको भाडा लिएमा कारबाही हुनेछ ।
कुल १३ सूचकको विश्लेषण र इन्धन मूल्यमा भएको वृद्धिलाई आधार मानेर भाडा समायोजन गरिएकाले विद्युतीय सवारीमा लागू नहुने विभागले जनाएको छ ।

