भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजले इलेक्ट्रीक स्कुटर बनाएको छ । कम्पनीले इलेक्ट्रीक सवारीलाई प्राथमिकता दिने योजना सहित अर्वान इलेक्ट्रीक स्कुटर बनाएको हो ।
बजाज कम्पनीका प्रवन्ध निर्देशक राजीव बजाजले कम्पनीले अगामी दिनमा इलेक्ट्रीक मोबिलिटीलाई प्राथमिकता दिइने यस अघि नै बताएका थिए । २०२० अप्रिलदेखि भारतमा बीएस–६ प्रदूषण मापदण्ड लागु हुँदैन । त्यसैले अधिकांश ठूला मोटरसाइकल उत्पादक कम्पनीहरु इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल उत्पादनमा केन्द्रीत हुने अनुमान गरिएको छ ।
बजाजले बनाएको इलेक्ट्रीक स्कुटर पुणेमा परिक्षण गरिएको देखिएको छ । यो स्कुटरको स्पोर्टी टेलल्याम्प देखिएको छ । यो स्कुटरमा अलोय ह्वील, सिंगलसाइड फ्रन्ट सस्पेन्सन, प्रिमियम राइडका लागि सिंगल सिटलगायत विशेषता हुनेछ ।
यो स्कुटरको पावर ट्रेन लगायतको बारेमा भने कम्पनीले केही सार्वजनिक गरेको छैन । तर स्कुटर पूर्णतः डिजिटल इन्ट्रुमेन्ट सहित आउने अनुमान गरिएको छ ।


