ट्राफिकलाई गृहको निर्देशनः मालबाहक ट्रक निर्वाध चल्न देउ

काठमाडौं । भारतबाट आयात गरिएका कच्चा पदार्थ बोकेका मालबाहक ट्रकलाई निर्वाध रुपमा उद्योगसम्म जान दिन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मालबाहक ट्रकलाई धेरै लोड बोकेको लगायत विभिन्न बहानामा प्रहरीले दुःख दिने गुनासो आएको भन्दै गृहले यस्तो दिर्नेशन दिएको हो ।

गृहले २ जेनठमा तराईका २२ वटा जिल्ला प्रशासन कार्यालयलाई परिपत्र मार्फत सम्बन्धित निकायको संलग्नता बिना अनावश्यक चेकजाँचका नाममा कच्चा पदार्थ बोकेका सवारीलाई नरोक्न भनेको हो ।

गृहको पत्रमा झापादेखि कञ्जनपुर जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ । गृहको पत्रमा भनिएको छ भारतबाट आयात गरि नेपाली उत्पादनमुलक उद्योगहरुमा प्रयोग गरिने विभिन्न कच्चा पदार्थ बोकका मालबाहक गाडीहरु नेपाल प्रवेश गर्ने क्रममा प्रवेश नाकादेखि लोड गरि उद्योग स्थलसम्म ल्याउँदा ट्राफिक प्रहरीबाट ओभलोड भनेर ट्रक र ट्रेलरहरु समाती दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने, दुईतीन दिनसम्म होल्ड राख्ने गरेको, जसका कारण उद्योगले ढुवानीका साधनहरुलाई अप्रत्यक्ष हर्जना तिर्नु परिरहेको, भारतका विभिन्न स्थानहरुबाट कच्चा पदार्थको रुपमा आउने फलामे रड, विलेड, वायर लगायतका वस्तुहरु ठूला ठूला भारवाहन क्षमता भएका ट्रकहरुमा आउने गरेको छ । यस्तोलाई ट्राफिक प्रहरीले अनुगमन गर्दा सडक तथा यातायातको नियमन निकायबाट मात्र गर्न भनिएको छ ।

उद्योगीहरुले पटक पटक लिखित तथा मौखिक रुपमा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको गुनासो आएपछि यस्तो निर्णय गरिएको गृहको भनाई छ । बैशाख २७ गतेको मन्त्री स्तरिय निर्णय अनुसार गृहत सबै जिल्ला प्रशासनलाई पत्र पठाएको हो ।


Back_to_top