सल्यानमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । सल्यानको कुपिन्डे नगरपालिका – १२ पुथलामा जन्ती बाकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाको-८ थाराबाट कालिमाटी गाउँपालिका-१ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा १४ जना घाइत भएका थिए । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका-८ का ३० वर्षीय मनबहादुर थापा, ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइतेहरूको सुर्खेत र बाँकेमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।


Back_to_top