काठमाडौं । पारामाउन्ट मोटर्सले नेपाल ल्याएको नयाँ एसयूभी एस सिक्स काठमाडौं आइपुगेको छ । आगामी सोमबारबाट बिक्री सुरु हुने एस सिक्स एसयूभी एमजी लाइनअपकै सबैभन्दा ठूलो मोडल हो ।
एमजी एस सिक्स ४.७ मिटर लामो एसयूभी हो । साथै, यसमा ७७ किलोवाट आवरको एनसीएम ब्याट्री छ । यसले सिंगल चार्जमा सजिलै ५३० किलोमिटर रेन्ज दिने अनुमान गर्न सकिन्छ ।
निकै मिनिमल डिजाइनमा तयार भएको एसयूभीमा मिचेलियनको टायर दिइएको छ । ठूलो ह्वील, फराकिलो क्याविन र १९५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स यसमा दिइएको छ ।
एक्सपावर सिरिज ब्याचिङ भएर आएको एमजी एस सिक्समा १८० किलोवाट आवरको रियर ह्वील मोटर दिइएको छ । कम्पनीले अहिलेसम्म यसको मूल्य सार्वजनिक गरेको छैन । तर, मोटर पावर र ब्याट्री साइज हेर्दा करिब ७० देखि ७२ लाख रुपैयाँ हाराहारीमा बिक्री सुरु हुने हाम्रो अनुमान छ ।














