गुडिरहेको हुन्डाई टूसान माथि ५ टनको ढुंगा बज्रिएपछि…

यही २४ मे को साँझ ताइवानको पुर्वी सहरमा परेको मुसलधारे पानीका कारण ढुङगाहरु सडकमा खसिरहेका थिए । सोही बाटोमा हुन्डाईको टूसान गाडी पनि गुडि रहेको थियो । अपसोच यो घटनामा बाटोमा गुडिरहेको हुन्डाई टूसान माथि आएर करिब ४-५ टन (४-५ हजार किलो)को ढुङगो बजारियो । तर, यो अत्यन्तै अदभुत घटनामा के भयो भने चालक र उनकी पत्नी सामान्य घाइते मात्रै भएर जोगिए ।

‘यो कारले हाम्रो जीवन जोगायो । हामी अर्को हुन्डाई पनि किन्न आतुर छौं,’ चालकले हुन्डाईको बजार अधिकृतलाई फोन गर्दै हुन्डाई टूसान प्रति आफ्नो विश्वास दर्शाए ।

चालकको त्यस्तो फोन पछि कम्पनीले आफ्नो गाडीमा विशिष्ट खोलको सुरक्षा विशेषता भएकै कारण उपभोक्ताको रोजाइमा टूसानलगायत अन्य गाडी पर्ने गरेको जनाएको छ ।

उक्त यात्रामा सवार यात्रु जोगिनुको कारण गाडीमा भएको सुरक्षा विशेषता भन्दै कम्पनीले कारको सुरक्षा विशेषता बारे प्रष्ट्याएको छ । टूसानमा भएका यी ७ सुरक्षा विशेषताले त्यतिकाे गरुङ्गो ढुंगो बज्रिँदा पनि यात्रु जोगिएको हो ।

१. विशिष्ट खाले बलियो स्टिल र तिनलाई बलियोसँग टाँस्ने रसायनको प्रयोग द्वारा बलियो बाहिरी संरचनाको निर्माण

२. विशिष्ट र बलियो खाले स्टिलको प्रयोग १८ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याइएको

३. यस्ता सुधारले बलियो बाहिरी संरचनाको निर्माण द्वारा यात्रुको सुरक्षालाई थप मजबुत बनाएको छ । तर, इन्धन धेरै खपत हुने कुनै अतिरित्त तौल भने थपिएको छैन ।

४. संरचनाहरुलाई सिधा गरि जोडिएको छ जसले गाडी ठोक्किदा निक्लने उर्जालाई सहज निकास दिन्छ र गाडीलाई थप सुरक्षित बनाउँछ ।

५. कारमा ६ वटासम्म एयर ब्याग र प्रत्येक सिटका लागि ३ ‘पोइन्ट’ सिट बेल्टको ब्यवस्था गरिएको छ ।

६. टूसानको समस्टिगत ब्रेक प्रणालीमा ठूला डिस्क ब्रेकको प्रयोग गरिएको छ । यो र अन्य केही नयाँ पुर्जाहरुले ब्रेक प्रणालीलाई चुस्त बनाउँदैं सुरक्षालाई थप प्रत्याभुत गराएको छ ।

७. ‘ब्लाइण्ड स्पट एसिस्ट’, लेन परिर्वतन गर्दा सर्तक गराउने प्रविधि (लेन किप एसिस्ट) र गाडीको स्थिरता ब्यवस्थापन जस्ता अन्य सुरक्षा प्रावधानले संभावित दुर्घटनाबाट गाडीलाई जोगाउँछ ।


Back_to_top