काठमाडौं । सरकारले काठमाडौं तराई फास्ट ट्राक निर्माणका लागि १५ अर्ब बजेट विनियोजना भएको छ । अर्थमन्त्री युवराज खतिवडाले फास्ट ट्राक निर्माणका लागि उक्त बजेट विनियोजन गरेका हुन् ।
नेपाली सेनाले उक्त सडक निर्माण गरिरहेको छ । कोरियाली कम्पनीले बनाएको डीपीआर मन्त्रिपरिषद्मा अड्किएर रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) का लागि २० अर्ब बराबर बजेट माग गरेकोमा सरकारले १५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको हो ।


