हिरोले काठमाडौंमा एकैसाथ खोल्यो दुई नयाँ शोरुम

काठमाडौं । हिरो मोटोकर्प नेपालले काठमाडौंमा एकैसाथ दुई नयाँ शोरुम संचालनमा ल्याएको छ ।

नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले बानेश्वर र सीतापाइलामा अत्याधुनिक प्रविधियुक्त नयाँ शोरुम संचालनमा ल्याएको हो ।

हिरो मापदण्ड अनुसार निर्माण गरिएको दुवै शोरुममा सेल्सपछिको सर्भिस र हिरो जेन्युन स्पेयर पाट्र्स एकै ठाउँमा पाइन्छ ।

कम्पनीका अनुसार हिरोको यी नयाँ शोरुम मार्फत ग्राहकहरूले हिरोका प्रविधि रहित मोटरसाइकल तथा स्कुटरका मोडलहरू एउटै स्थानमा अवलोकन र खरिद गर्न सक्नेछन् । साथै, सरल रुपमा फाइनान्सको सुविधा तथा दक्ष टेक्निसियनहरू मार्फत सर्भिसको सुविधा समेत उपलब्ध गराइने छ ।

उक्त शोरुम उद्घाटन समारोहमा हिरो मोटोकर्प इन्डियाका एशिया विज्नेस हेड, सीजी मोटर्सका विज्नेस हेड, मार्केटिङ हेड तथा स्थानीय व्यवसायी उपस्थिति थिए ।

उद्घाटन अवसरमा विशेष आकर्षणको रुपमा नयाँ बाइक तथा स्कुटर प्रदर्शन र टेस्ट राइड सुविधासमेत प्रदान गरिएको थियो ।


Back_to_top