काठमाडौं । नेपाली बजारमा एमजीको नयाँ एसयूभी ‘एस सिक्स’ बिक्री सुरु भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ६९ लाख ९९ हजार रुपैयाँ तोकेर एस सिक्स बिक्री सुरू गरेको हो ।
आकर्षक डिजाइन, शक्तिशाली मोटर र ठूलो ब्याट्रीमा आएकाले एस सिक्सले धेरैको ध्यान तानेको छ । एमजी एस सिक्समा शक्तिशाली १८० किलोवाटको इलेक्ट्रीक मोटर छ । ७७ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको यो एसयूभीले एकपटकको फुलचार्जमा ५३० किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।
एस सिक्स तुलनात्मक रूपमा सस्तो मूल्यमा आएको छ । जसले प्रतिस्पर्धीलाई कडा चुनौती दिनुका साथै भारी बन्न सक्ने सम्भावना देखिन्छ । एस सिक्सको समग्र पक्ष थाहा पाउन तलको भिडियो हेर्नुहोला ।


