काठमाडौं । बजेटको मुखमा विद्युतीय कार किन्दा १० लाख रुपैयाँसम्मको फाइदा पाइने भएको छ । सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको आयोन ब्राण्डले आफ्नो सफल मोडल ‘आयोन भी’मा १० लाखसम्म फाइदा पाइने स्कीम प्रदान गरेको हो ।
कम्पनीले आज जेठ ६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गरी आयोन ब्राण्डका गाडीमा स्कीम दिएको हो । कम्पनीले ल्याएको स्कीममा आयोन भी किन्दा ७ आकर्षक नगद छुट पाइने छ ।
कुनै पनि ब्राण्डको पुरानो गाडी ल्याएर एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस पनि उपभोक्ताले पाउने छन् । साथै, ७ किलोवाटको होम चार्जर, सहजै बैंकिङ सुविधा, एक वर्षको बीमा र सवारी कर पनि कम्पनीले नै तिर्ने जनाएको छ ।
आगामी जेठ ११ गतेसम्म चल्ने एक्सचेन्ज मेलामा २०२४ मोडल किन्ने मानिसले अतिरिक्त छुट पाउने छन् ।
यस्तो छ आयोन भी
आयोन भी नेपाली बजारमा दुई ब्याट्री अप्सनमा किन्न पाइन्छ । स्टायण्डर्ड ब्याट्री अप्सनमा ६२ किलोवाट आवर र लङ रेन्जमा ७५ किलोवाट आवरको ब्याट्री छ ।

सानो ब्याट्री भएको भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ७५ किलोवाट आवरको ब्याट्री भएको लङ रेन्ज मोडलको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ ।
जीएसीको आयोन-भी आफ्नो डिजाइन, लुक्स र प्रेजेन्टेसनको कारण चर्चामा रहेको मोडल हो । कम्पनीका अनुसार यसमा २३ प्रकारका टेक्नोलोजी फिचर छन् । सेल्फ इभल्भिङ एआई ककपिट, एडीगो सेन्स, एआई मोडल प्रयोग भएको कारण चालकले धेरै कुरा गाडीको सिस्टमसँग गर्न सक्नेछन् ।

आयोन-भी मोडलमा मसाज सिट उपलब्ध छ । आठ प्वाइन्ट मसाज सिट र गाडी भित्र इनब्यूल्ट रेफ्रिजेरेटर रहनु यसको प्रतिस्पर्धी माथि बलियो पकड हो ।
नेपाली बजारमा १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध रहेको आयोन-भीको लम्बाइ ४६०५ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस प्रयोग भएको छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।


