वैशाखमा धेरै आयात भएका ५ इलेक्ट्रीक एसयूभी, नयाँ मोडल ‘हटकेक’

काठमाडौं । यसवर्ष बजेटअघि कर बढ्ने हल्ला नचल्दा प्यासेन्जर कार आयात केही सुस्त देखिएको छ । गत वर्ष वैशाखमा ३ हजार युनिट बढी ईभी कार आयत भएकोमा यो वर्ष १४३८ युनिट भित्रिएका छन् । जसमा १३३५ युनिट ईभी र १०३ युनिट आइस रहेका छन् ।

वैशाखमा आयात भएका १३३५ युनिट ईभी मध्ये ६५ प्रतिशत बढी एसयूभी रहेका छन् । जसमा पनि नयाँ मोडलले आफ्नो वर्चश्व कायम गरेका छन् । पछिल्लो १ वर्ष यता लन्च भएका बीवाइडी एटो २, दीपल एस ०५, आइकार भी २३, नामी भिगो, जेको जे सिक्स टी जस्ता मोडल सर्वाधिक आयात हुने एसयूभीको सूचीमा शीर्ष स्थानमा देखिन्छन् ।

वैशाखमा सर्वाधिक बीवाडी एटो टु आयात भएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले वैशाखमा मात्रै २५० युनिट एटो आयात गरेको छ । गत साउनमा मात्रै नेपाल आएको एटो टु ९ महिनामै १५७४ युनिट आइसकेको छ । सन् २०२६ को साढे ४ महिनामा एटो टु कुल ५०२ युनिट आयात भएको छ ।

त्यस्तै, वैशाखमा दोस्रो धेरै आयात हुने इलेक्ट्रीक एसयूभीमा आइकार भी २३ र दीपल एस ०५ समान १५०/१५० युनिट रहेका छन् । एसपीजी अटोमोबाइल्सले आइकार भी २३ र एमएडब्लू वृद्धिले दीपल एस०५ ल्याएका हुन् । दीपस एस ०५ फाइभ गत साउन र आइकार भी २३ पुसमा लन्च गरिएको थियो ।

सन् २०२६ मा समग्र आयातमा भने आइकार अगाडि रहेको छ । साढे ४ महिनामा आइकार भी २३ ३५२ युनिट आएको छ । दीपल एस ०६ भने २८२ युनिट आयात भएको छ ।

वैशाखमा १२८ युनिटसहित नामी भिगो तेस्रो स्थानमा रहेको छ । एमएडब्लू वृद्धिले वैशाखमा उक्त संख्यामा भिगो ल्याएको हो । गत साउनदेखि नेपालमा बिक्री सुरू भएको भिगो अहिले एसयूभी बजारमा हटकेक बनिरहेको छ । २०२६ को साढे ४ महिनामा कुल ३२३ युनिट आयात भएको छ ।

वैशाखमा चौथो धेरै जेके जे सिक्स आयात भएको छ । एसपीजी अटोमोबाइल्सले ६९ युनिट जे सिक्स आयात गरेको छ । कम्पनीले हालै जे सिक्सको नयाँ फेसलिफ्ट मोडल सार्वजनिक गरेसँगै यसले ग्राहक तान्न थालेको देखिन्छ । सन् २०२६ मा जे सिक्स कुल ९१ युनिट आयात भएको छ ।

वैशाखमा ३२ युनिट सहित महिन्द्रा बीई सिक्स पाँचौं स्थानमा रहेको छ । महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले वैशखमा ३२ युनिट बीई सिक्स ल्याएको छ । २०२६ मा बीई सिक्स कुल १५६ युनिट आयात भएको छ । बीई सिक्स पनि गत साउनदेखि बिक्री सुरू भएको थियो ।


Back_to_top