बिर्तामोडमा खुल्यो एथरको नयाँ एक्सपेरियन्स सेन्टर

बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रीक स्कुटर ब्राण्ड एथर नेपालले झापाको बिर्तामोडमा आफ्नो नयाँ एथर एक्सपेरियन्स सेन्टर संचालनमा ल्याएको छ ।

देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउन पूर्वी नेपालमा नयाँ शोरुम संचालनमा ल्याउने भएको हो । उक्त नयाँ शोरुकाे व्यवस्थापन भुर्तेल इनर्जीले गर्नेछ ।

यो देशभर आधुनिक, स्मार्ट, उच्च प्रदर्शनयुक्त तथा दिगो यातायात समाधानलाई ग्राहकसम्म पुर्याउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि रहेको कम्पनीको भनाइ छ ।

बिर्तामोड एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै एथर नेपालका देशभर ११ वटा एक्सपेरियन्स सेन्टर पुगेका छन् । काठमाडौं उपत्यकाभित्र ५ वटा केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा एथरको उपस्थिति विस्तार भएको छ।

साथै, ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा तथा सहज स्वामित्व अनुभव प्रदान गर्न देशभर १० वटा अधिकारिक सर्भिस सेन्टर पनि सञ्चालनमा रहेका छन् ।

बिर्तामोड शोरुम उद्घानटनको अवसरमा कम्पनीले एक्सटेन्ड ब्याट्री वारेन्टी आकर्षक शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा र अतिरिक्त एक्सचेन्ज भ्यालुयसन सुविधा पाउने छन् ।

एथरले दुईपाँग्रे ईभी सेग्मेन्टमा सबैभन्दा लामो ८ वर्षसम्मको एक्सटेन्ड ब्याट्री वारेन्टी समेत प्रदान गर्दै आएको छ । नयाँ एक्सपेरियन्स सेन्टरमा एथरको सम्पूर्ण उत्पादन लाइनअप उपलब्ध हुनेछ । जसमा एथर ४५० सिरिज र एथर रिज्टा समावेश छन् ।

एथर ४५० सिरिज विशेषगरी उच्च प्रदर्शन, स्मार्ट प्रविधि र उत्कृष्ट राइडिङ अनुभव खोज्ने ग्राहकका लागि डिजाइन गरिएको हो। यसमा शक्तिशाली एक्सिलेसन, गुगल म्याप, नेभिगेसन, अटोहोल्ड, रिभर्स मोड, विभिन्न राइड मोड जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन् ।

त्यसैगरी, एथर रिज्टा आधुनिक परिवार र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको स्कुटर हो। विशाल सिट, ठूलो स्टोरेज क्यापासिटी ट्रयाक्सन कन्ट्रोल, थेप्ट अलर्ट, ह्वाट्स एप नोटिफिकेसन लगायत फिचर छन् ।

एथर नेपालले नेपालमा ईभी इको सिस्टमलाईलाई थप मजबुत बनाउन आफ्नो फास्ट चार्जिङ इन्फ्रास्ट्रक्चरलाई निरन्तर विस्तार गर्दै आएको छ । ग्राहकहरूले देशभर विस्तार भइरहेको ४० भन्दा बढी ग्रिड फास्ट चार्जिङ नेटवर्क मार्फत प्रमुख शहर तथा राजमार्गहरूमा सहज र भरपर्दो चार्जिङ सुविधा प्राप्त गर्न सक्नेछन्।


Back_to_top