काठमाडौं । पहिरोका कारण चीनको सिमाना कोरला नाका पुग्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
अहिले सडक विभाग र बेनी-जोमसोम-कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


