इन्धन भण्डारण क्षमता ३ महिना पुर्याइने

काठमाडौं । सरकारले इन्धन भण्डारण क्षमता ३ महिनालाई पुग्ने विस्तार गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले इन्धन भण्डार क्षमता बढाउन आवश्यक लगानी जुटाउन मातृभूमि कोष स्थापना गर्ने बताए ।

हाल डिजेलको १६ र पेट्रोल १४ दिन मात्र पुग्ने भण्डारण क्षमता छ ।


Back_to_top