काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि बजेट मार्फत ‘भिजन काठमाडौं २०४०’ घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सन् २०४० सम्म काठमाडौं उपत्यका सुधारको योजना बनाइको बताएका हुन् ।
सरकारले उपत्यकाका सडकमा अन्डरपास, ओभरपास, फ्लाइओभर जस्ता आवश्यकता अनुसारको पूर्वाधार निर्माण गर्ने बजेटले घोषणा गरेको छ । यसका अलाव खुल्ला स्थान संरक्षण, विद्युतीय साधनको प्रयोग तिब्र बनाउने पनि बजेटले समेटेको छ ।
नयाँ बजेटले काठमाडौं उपत्यकाको विकासमा रणनीति बनाएर अगाडि बढ्ने घोषणा गरेको हो । साथै, पोखरा जस्ता पर्यटकिय क्षेत्रमा ईभीको प्रयोग बढाउने जनाएको छ ।


