नेपालमा अल्ट्राभोइलेट एक्स ४७ क्रसओभरको बुकिङ खुला

काठमाडौं । नेपाली बजारमा बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रीक मोटरसाइकल अल्ट्राभोइलेट एक्स ४७ क्रसओभरको आधिकारिक बुकिङ खुला भएको छ ।

नेपालको लागि अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता वैद्यज् अर्गनाइजेसनले एक्स ४७ क्रसओभर बुकिङ लिन सुरू गरेको हो ।

कम्पनीका अनुसार एक्स ४७ क्रसओभरको डेलिभरी तथा थप प्राविधिक विवरण चाँडै सार्वजनिक गरिनेछ । इच्छुक ग्राहकहरूले नजिकको आधिकारिक शोरुम वा कम्पनीको आधिकारिक माध्यममार्फत बुकिङ गर्न सक्नेछन् ।

फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र उच्च प्रदर्शनका लागि परिचित अल्ट्राभोइलेट एक्स ४७ क्रसओभर आफ्नो सेगमेन्टमा इन्टिग्रेटेड राडार प्रणालीसहित आउने विश्वकै पहिलो मोटरसाइकल हो ।

दैनिक प्रयोग, एडभेन्चर र प्रिमियम राइडिङ अनुभवलाई लक्षित गर्दै निर्माण गरिएको यो मोटरसाइकलले नेपाली बजारमा नयाँ स्तरको ई-मोबिलिटी अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

एरोस्पेस ग्रेड इन्जिनियरिङ, स्मार्ट कनेक्टिभिटी फिचर, उन्नत ब्याट्री प्रविधि तथा उच्च सुरक्षा प्रणालीले सुसज्जित एक्स ४७ क्रसओभर आधुनिक राइडरहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।

बुकिङ खुलासँगै वैद्यज् अर्गनाइजेसनले ग्राहकहरूलाई विश्वस्तरीय बिक्रीपछिको सेवा, अत्याधुनिक सर्भिस सुविधा तथा प्रिमियम शोरुम अनुभव उपलब्ध गराउने जनाएको छ ।

नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्दै अल्ट्राभोइलेट एक्स ४७ क्रसओभरले प्रविधि, प्रदर्शन र डिजाइनको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने कम्पनीको विश्वास रहेको छ ।


Back_to_top