काठमाडौं । विद्युतीय गाडी आयातमा सुचना दिएर २ अर्व आएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रमाण दिन चुनौती दिएका छन् । उनले २ अर्व होइन, २ रुपैयाँ खाएको प्रमाण दिन चुनौती दिएका हुन् ।
बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले त्यतिकै निराधार हल्ला फैलाएर बदनाम गर्न खोजिएको जिकीर गरे ।
उनले भने, ‘दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुहोस् । अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु ।’
नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै अर्थमन्त्री समितिमा भावुक बनेका थिए ।
पछिल्ला वर्षका बजेटमा ईभी आयातमा सुचना चुहाएको आरोप अर्थमन्त्रीहरु माथि लाग्दै आएको छ ।


