काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड हुन्डाईको सफल मोडल आई-२० मा ठूलो परिवर्तन भएको छ । कम्पनीले नयाँ जेनेरेशन आई-२० लाई ब्राजिलबाट सार्वजनिक गरेको हो ।

नयाँ जेनेरेशन आई-२० को फ्रन्ट फेसिया, बडी डिजाइन र पछाडिको भागमा ठूलो परिवर्तन भएको देख्न सकिन्छ । क्रसओभर डिजाइनको झल्को आउने नयाँ आई-२० मा एच आकार देखिने एलइडी डे टाइम रनिङ लाइट प्रयोग गरिएको छ । आयातकार हेडल्याम्प, एंगुलर ग्रिल, पछाडि कनेक्टेड टेल लाइट र एसयूभी जस्तो देखिने मस्कुलर लुकमा देखिएको छ ।
हुन्डाईले आई-२० को प्लेटफर्म नै परिवर्तन गरेको छ । कम्पनीले के-थ्री मोडुलर प्लेटफर्ममा यसलाई बनाएको छ । नयाँ प्लेटफर्मले बडी स्ट्रक्चर, सुरक्षा र भित्र पाइने स्थानमा सुधार भएर आएको छ ।

स्टेयरिङबाट हुन्डाईको एच आकारको लोगो हटाएर चार वटा डट प्रयोग भएको छ । १२.३ इन्चको दुई ठूला स्क्रीन उपलब्ध कारमा बुलिङ्क कनेक्टेड कार टेक्नोलोजी यसमा उपलब्ध हुनेछ ।
नयाँ ड्यासबोर्ड लेआउट पहिलेको भन्दा निकै आकर्षक लाग्छ । ड्यास बोर्ड लगायतका क्याविनका धेरै स्थान सफ्ट टच मेटेरियलले बनेको छ । साथै, सुरक्षाको लागि एडास फिचर उपलब्ध छ ।
हुन्डाईले नयाँ जेनेरेशन आई-२० मा १.० एमपीआई पेट्रोल र १.० टर्बो जिडिआई टर्बो पेट्रोल इन्जिनमा उपलब्ध छ । हुन्डाईले भारतमा पनि उत्पादन गर्ने नयाँ आई-२० माइल्ड हाइब्रिड टेक्नोलोजीसहित आउने अनुमान छ ।


