काठमाडौं । भारतमा हालैमात्र सार्वजनिक भएको बीएमडब्लु एफ ४५० जीएसको बुकिङ बन्द भएको छ । कम्पनीले भारतमा ४ लाख ७० हजार रुपैयाँ एक्स शोरुम मूल्य तोकेर सार्वजनिक गरेको मोटरसाइकलको बुकिङ चलिरहेको थियो ।
कम्पनीले मोटरसाइकल धेरै बुकिङ भएको भन्दै डेलिभरी दिन समस्या हुने भन्दै बुकिङ बन्द गरेको हो ।
एड्भेन्चर मोटरसाइकल बीएमडब्लू एफ ४५० जीएको माग भारतीय बजारमा उच्च रहेको छ । कम मूल्यमा आउने यो मोटरसाइकल एड्भेन्चर गर्न रुचाउनेहरुको रोजाइमा पर्दै आएको थियो ।
भारतमा टीभीएससँगको सहकार्यमा तयार पारिएको एफ ४५० जीएस नेपाल आउने मोडल हो । भारतमा उत्पादनभन्दा माग बढी भएसँगै नेपाल आउने मिति पर धकेलिने भएको छ ।
नेपालका लागि बीएमडब्लूको आधिकारिक बिक्रेता हिमालयन मोटार्डले भारतमा सार्वजनिक भएसँगै एफ ४५० जीएस नेपाल भित्र्याउने तयारी थालेको थियो ।
यस्तो छ मोटरसाइकल
बीएमडब्लु एफ ४५० जीएसमा प्यारालल ट्विन सिलिण्डर, एफआई इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम ८ हजार ७५० आरपीएममा ४७.५ ब्रेकहर्स पावर र ६ हजार ७५० आरपीएममा ४३ एनएम टर्क जेनेरेट गर्छ ।
मोटरसाइकलको कुल तौल १७८ किलोग्राम छ । यसमा १४ लिटरको इन्धन ट्याङ्क रहेको छ । जसले करिब ३५० किलोमिटर यात्रा सम्भव बनाउने कम्पनीको दाबी छ ।
स्टिल ट्युबुलर फ्रेममा बनेको बीएमडब्लू एफ ४५० जीएस बीएमडब्लूको आर १३०० जीएस जस्तै टिपिकल एड्भेन्चर डिजाइनमा तयार भएको छ ।
यसको फ्रन्टमा केवाइबी अपसाइड डाउन यूएसडी फोर्क र रियरमा डाइरेट लिंक मोनोसक १८० एमएम ट्राभल सस्पेन्सन सेटअप दिइएको छ । जसले अनरोड र अफरोड दुवैमा यात्रा सहज बनाउने छ । यसको स्पोर्ट र जीएस ट्रफी भेरियन्टमा भने फोर्कलाई कम्प्रेसन र रिबाउण्ड एडजस्ट गर्ने सुविधा पनि दिएको छ ।


