काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो मिडसाइज एसयूभी सी १० एसयूभीको अपडेटेड भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीले चिनियाँ बजारमा नयाँ सी १० को सुरूआती मूल्य १८ हजार ५०० अमेरिकी डलर तोकेर बिक्री सुरू गरेको हो । टप भेरियन्टको मूल्य भने २१ हजार ५०० डलर तोकेका छ ।
कम्पनीले सी सिरिजकै मोडलहरू सी ११ र सी १६ को पनि अपडेटेड भर्सन बिक्री सुरू गरेको हो । लीपमोटरले मिडसाइज एसयूभी सी १० लाई नयाँ डिजाइन, नयाँ ८०० भोल्टको आर्किटेक्चर, ठूलो साइज, थप रेन्ज र विभिन्न फिचर थपेर बजारमा ल्याएको हो ।
कम्पनीले नयाँ सी १० मा नयाँ ‘स्काई लाइट’ छुट्टिने हेडलाइट डिजाइन र एक्टिभ ग्रिल दिएको छ । कम्पनीले सी १० नयाँ ८०० भोल्ट आर्किटेक्चर प्लेटफर्ममा निर्माण गरेको हो । यसअघि ४०० भोल्ट प्लेटफर्ममा बन्दै आएको थियो ।
कम्पनीले सी १० को इन्टेरियर निकै आकर्षक बनाएको छ । क्याबिनमा नयाँ बालुवा जस्तो खैरो रङको सजावट, हिडन एयर भेन्ट, क्वालकम ८२९५ पी ककपिट चिप, ६० इन्चको एआर एचयूडी प्रविधि, ८.८ इन्चको इन्स्टुमेन्ट क्लस्टर र १७.३ इन्चको सेन्टर स्क्रीन दिइएको छ।
यो गाडी एलएमसी एकीकृत गति नियन्त्रण प्रणालीद्वारा सुसज्जित छ । यसको टप भेरियन्टहरूमा एलएमसी इन्ट्रीग्रेटेड मोसन कन्ट्रो सिस्टमका लागि क्वालकम ८६५० चिपद्वारा संचालित लाइडार दिएको छ ।

कम्पनीले सी १० को लम्बाइ पहिलाको भन्दा १० एमए ठूलो बनाएको छ । नयाँ सी १० का लम्बाइ ४७१० एमएम, चौडाइ १९०० एमएम, चौडाइ १६८० एमएम र २८२५ एमएमको ह्वीलबेस छ ।
कम्पनीले सी १० प्योर इलेक्ट्रीक र रेन्ज एक्सटेन्डेड दुवै भर्सनमा ल्याएको छ । २०० किलोवाटको मोटर रहेको ईआरईभी भर्सनको प्योर इलेक्ट्रीक रेन्ज २९० किमी र संयुक्त रेन्ज १३०० किलोमिटर छ ।
त्यस्तै, प्योर ईभी भर्सनमा २३० किलोवाटको मोटर छ । यसमा यसमा ६९.९ किलोवाट आवर र ८१.९ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइन्छ । जसमा ठूलो ब्याट्रीले ६६० किलोमिटरको सीएलटीसी रेन्ज दिन्छ । यो पहिलाको भन्दा धेरै हो ।
नयाँ सी १० मा एआई सपोर्ट गर्ने स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली जडान गरिएको छ । जसले ब्याट्री अत्यधिक तात्तिएर समस्या आएको ४८ घण्टासम्म पनि गाडीमा आगो लाग्न नदिने सुनिश्चित गर्दछ।
नेपाली बजारमा लीपमोटर सी १० साँग्रिला मोटर्सले बिक्री गर्दै आएको छ । चिनियाँ बजारमा बिक्री सुरू भएसँगै कम्पनीले चाँडै नेपाली बजारमा पनि ल्याउने छ ।


