थाहापाउनुस् केटीएम डुक ७९० को ५ यूनिक फिचर

अस्ट्रीयन मोटरसाइकल निर्माता कम्पनी केटीएमले मिडरेन्ज स्ट्रीट फाइटर डुक ७९० सार्वजनिक गर्ने मिति केही समय पछि सरेको बताएको छ । ७९९ सीसी लिक्विड कुल्ड, प्यारलल ट्वीन इन्जिन रहेको यो बाइक भारतीय बजारमा बहु प्रतिक्षित रहेको छ । 

भारतमा सार्वजनिक भएसँगै यो बाइक नेपालसमेत भित्रने छ । भारतीय बाजरमा यसले कावासाकी जेड ९००, सुजुकी जीएसएक्स ७५० जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ । केटीएम डुक ७९० मा रहेका ५ यूनिक फिचर यस्ता छन् ।

१. ह्याडलिंग

केटीएम डुक ७९० अविश्वसनीय ह्याडलिंग बिशेषता सहित यसको डाइनामिक ट्यूलर च्याचिस डिजाइन रहेको छ, जसले अत्याधिक भारबहन गर्ने क्षमता राख्छ । यसको ह्याडलिंगले सार्पर र लिन कोणमा कर्नरिङको लागि अत्याधिक सहजता र हलुका फिल गराउँछ ।

२. प्यारलल ट्वीन इन्जिन

केटीएम डुक ७९० मा लिक्वीड कूल्ड प्यारलल ट्वीन इन्जिन रहेको छ । प्यारलल ट्वीन इन्जिनले बिशेषता टर्कलाई बढावा गर्छ । डुक ७९० मा रहेको ७९९ सीसी इन्जिनले १०३ बीएचपी पावर तथा ८७ एनएम टर्क जेनेरेट गर्छ । साथै यसको राइड वाइ वायरले यसको थ्रोटललाई सटिक बनाएको छ ।

३. स्वीच गर्न मिल्ने डबल च्यानल एबीएस

यसमा रहेको डवल च्यानल एबीएस स्वीच गर्न मिल्ने रहेको छ । चालकले आफ्नो आवश्यकता अनुसार उक्त बाइकको रियर एबीएसलाई अन अफ गर्न सकिने ब्यवस्था रहेको छ ।

४. टीएफटी ड्यासवोर्ड

डुक ७९० मा मल्टिकलर टीएफटी स्कृन रहेको छ । यसमा बाइकसँग सम्बन्धित सम्पूर्ण इन्र्फमेसन प्राप्त गर्न सकिन्छ । यसले वातावरणको परिवेश अनुसार लाइटलाई आफैँ समायोजन गर्छ ।

५. राइडर सुरक्षा

डुक ७९० मा बिभिन्न खाले राइडर सुरक्षालाई मध्यनजर गरेर फिचरहरु समावेश गरिएको छ । ट्रयाक्सन कन्ट्रोल, क्वीक सिफ्टर, सुपर मोटो मोड, मोटरसाइकल स्टेवलिटी कन्ट्रोलका साथै कर्नरिङ एबीएस जस्ता सुरक्षा फिचर रहेको छ ।


Back_to_top