काठमाडौं । हुन्डाईले केही महिना अगाडि नेपाल ल्याएको सेन्ट्रोको इन्ट्री लेवल भेरियन्ट नेपाल आएको छ । सेन्ट्रोको सुरुवाति भेरियन्ट इरा नेपाली बजारमा आएको हो ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सेन्ट्रोको इन्ट्री लेवल भेरियन्टलाई २२ लाख ९६ हजार रुपैयाँमा बिक्री वितरण सुरु गरेको हो ।
नेपाली बजारमा केही महिना अगाडि भने सेन्ट्रोको तीन भेरियन्ट म्याग्ना, स्पोट्ज र आस्टा नेपाली बजारमा सार्वजनिक गरेको थियो । टल ह्याचब्याक मोडल, ठूलो स्पेश, शानदार लूक्स, फगल्याम्प्स, एड्जस्टेबल हेड रेस्ट्रेन्सजस्ता विशेषताले सेन्ट्रो नेपाली बजारमा निकै चर्चित बनेकाे छ ।
नेपाली बजारमा पनि मध्यमवर्गीय परिवारको पहिलो रोजाईमा परेको यो कार अझै निकै बाक्लोरुपमा सडकमा गुडिरहेको पाउन सकिन्छ । पुरानो सेन्ट्रो संसारभर १८ लाख ५० हजार युनिट बिक्री भएको थियो ।
हुन्डाईको नयाँ सेन्ट्रोमा अल न्यू डिजाइन थेम प्रयोग गरिएको छ । यो कार ग्रान्ड आई–१० बाट प्रेरित छ भने, यसमा स्वेप्ट ब्याक हेडल्याम्प, नयाँ सिग्नेचर क्यासकेडीङ ग्रील दिएको छ ।
नयाँ सेन्ट्रोमा पनि कम्पनीले आफ्नो पुरानो टल बोय थेमलाई नै निरन्तरता दिएको छ । यसको टप भेरियन्टमा १४ इन्चको अलोय ह्वील दिइएको छ भने, लो भेरियन्टमा १३ इन्च ह्वील दिइएको छ । यसको एक्सटेरियर डिजाइन निकै नै आकर्षक रहेको छ ।
सेन्ट्रोमा ७ इन्च टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, रिभर्स क्यामेरा, रियर एसी भेन्टलगायतका फिचरहरु उपलब्ध छन् ।
यस्तै, नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ । यसको टप भेरिएन्टमा डियुल एयरब्याग, लोड लिमिटर, स्पीड–सेन्सीङ डोर लक लगायतका फिचरहरु रहेका छन् ।
नयाँ सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पीड म्यानुअल गियरबक्स दिइएको छ । हुन्डाईले सेन्ट्रोलाई पहिलोपटक एएमटी ट्रान्समीसनमासमेत ल्याएको छ ।

