आयो फोर्ड इकोस्पोर्ट थन्डर इडिसन, यस्तो छ विशेषता

फोर्ड मोटर्सले भारतीय बजारमा इकोस्पोर्टको थन्डर इडिसन सार्वजनिक गरेको छ । भारतीय बजारमा सार्वजनिकसँगै नेपाली बजारमा ल्याउन जीओ फोर्डले तयारी गरिसकेको बुझिएको छ । नयाँ भेरियन्ट नेपालमा किन्न चाहने ग्राहकले चाँडै पाउनसक्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।  

भारतमा मंगलबार सार्वजनिक भएको नयाँ इकोस्पोर्टको मूल्य १० लाख १८ हजार पेट्रोल भर्सन र १० लाख ६८ हजार भारु डिजेल भर्सनको तोकिएको छ ।

सब फोर मिटर एसयूभीमा तिब्र प्रतिस्पर्धा भएपछि फोर्डले इकोस्पोर्ट थन्डर इडिसन बजारमा ल्याएको हो । पछिल्लो समय यो सेगमेन्टमा महिन्द्राले एक्सयूभी–३०० र हुन्डाईले भेन्यू बजारमा ल्याएका छन् । 

भेन्यू र एक्यूभी–३०० ले सार्वजनिक भएको महिनामै इकोस्पोर्टलाई उछिनेको छ । आफ्नो बजारलाई कायम राख्न फोर्डले इकोस्पोर्टको थन्डर इडिसन ल्याएको हो । नयाँ इकोस्पोर्टमा इन्टेरियर तथा एक्सटेरियरमा केही परिमार्जन गरिएको छ । 

यसमा इलेक्ट्रीक सनरुफ, सेन्टर कन्सोल, इन्ट्रुमेन्ट क्लस्टर लगायत परिवर्तन भएको छ । ९ इन्चको फ्लोटिङ टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम नयाँ इकोस्पोर्टमा रहेको छ । 

थन्डर इडिसन इकोस्पोर्टमा १.५ लिटर टीआई–भीसीटी ३ सिलिन्डर पेट्रोल इन्जिन भएको यसले १२१ बीएचपी र १५० एनएम टर्क दिन्छ । त्यस्तै १.५ लिटर टीडीसीआई डिजेल इन्जिनले ९८ बीएचपी पावर र २ सय ५ एनएम टर्क दिन्छ । दुवै इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ ।


Back_to_top