काठमाडौं । कलाकार जितु नेपालले हुन्डाई क्रेटा इलेक्ट्रीक खरिद गरेका छन् । नेपालको स्टेज कार्यक्रम, टेलिफिल्म हुँदै ठूलो पर्दामा सिनेमाको मध्यमबाट दर्शकलाई हसाउँदै आएका नेपालले हुन्डाईको ईभी रोजेका हुन् ।
उनले क्रेटा ईभी डेलिभरी लिँदै गरेको भिडियो साझा गर्दै हुन्डाई नेपालले आफ्नो परिवारको रुपमा चिनाएको छ । कम्पनीले सार्वजनिक गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
हुन्डाईले एक वर्ष अगाडि बजारमा ल्याएको क्रेटा ईभीले राम्रै ब्यापार गरिरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले पेट्रोल क्रेटा नेपालमै उत्पादन गर्दै आएको छ । तर, ईभी भने तयारी युनिट नै ल्याएर बिक्री गर्दै आएको मोडल हो ।


