साउनमा नेपाल आउने एक्सियन ईभी, यी ५ कारण बन्न सक्छ ‘गेम चेन्जर’

काठमाडौं । नेपाली बजारमा एकपछि अर्को नयाँ विद्युतीय कार मोडल आइरहेका छन् । यसक्रमैमा, चिनियाँ कम्पनी एसएआइसी जीएम वुलिङले उत्पादन गरेको ‘वुलिङ एक्सियन’ इलेक्ट्रीक  कार नेपाल आउने भएको छ ।

नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बुलिङ एक्सियन ईभी नेपाल ल्याउन लागेको हो । कम्पनीले उक्त प्रिमियम एसयूभी आगामी साउनमा हुने नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक गर्नेछ । साथै कम्पनीले नाइमामा बुलिङ मिनी ईभी, बुलिङ डेरियन एमपीभी र बुलिङ बिंगो ईभी समेत लन्च गर्नेछ ।

नेपालमा विद्युतीय गाडीमा अप्सनै अप्सन छ । तर, ठूलो परिवार भएका वा लामो दूरीको यात्रा गर्न रुचाउने नेपाली ग्राहकका लागि बजारमा सीमित विकल्प मात्र उपलब्ध छन् । कि ५ सिटे क्रसओभरमा चित्त बुझाउनुपर्ने अवस्था छ भने एमपीभी नै किन्नु पर्ने बाध्यता छ ।

यस्तोमा यी दुवै समस्या समाधान गर्ने गरी वुलिङ एक्सियन नेपाली बजारमा भित्रिन लागेको हो । यो एसयूभी नेपाली बजारमा गेम चेन्जर बन्ने सक्ने कम्पनीको दाबी छ । जसका ५ कारण यस्ता छन् ।

१. आवश्यकता अनुसार सिट थप/घट गर्न मिल्ने : बुलिङ एक्सियनले नेपाली ग्राहकलाई आवश्यकता अनुसार सिट संख्या मिलाउने गज्जबको विकल्प दिन्छ । यसको तेस्रो लहरमा रहेको २ वटा फोल्दिङ सिटहरूलाई आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ ।

यदि धेरैजसो समय ५ जना मात्र यात्रा गर्नुहुन्छ भने, तेस्रो लहरका सिटहरूलाई पूर्ण रूपमा फ्ल्याट फोल्ड गर्न मिल्छ । यसो गर्दा यो गाडी ५ सिटर एसयूभी बन्छ । र पछाडि सामान राख्न ५४० लिटर बुट स्पेस उपलब्ध हुन्छ।

यदि, तपाईं परिवार वा साथीभाइसँग लामो यात्रामा जान चाहनु हुनछ भने यसलाई फोल्ड गरिएका सिटहरूलाई सीधा बनाएर सेकेण्डमै ७ सिटर बनाउन सकिन्छ । यसको २८१० एमएमको ह्वीलबेसका कारण पछाडिको सिटमा पनि बस्न निकै आरामदायी छ । त्यसैगरी धेरै सामान ओसार्नु परेमा दोस्रो र तेस्रो दुवै लहरका सिटहरू फोल्ड गरेर यसलाई विशाल २,९१६ लिटर स्पेस गरी सामान ढुवानी गर्ने गाडीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।

२. ढुक्ककाे रेन्ज र फास्ट चार्जिङ : लामो दूरीको यात्रा गर्दा चालकहरूमा चार्ज सकिएला भन्ने चिन्ता अर्थात् रेन्ज एन्जाइटी देखिन्छ । तर, यसमा रहेको ६९.२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ । जसले सिंगल चार्जमा ५३० किमी रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

फुलचार्जमै काठमाडौंबाट पूर्वी नेपाल र पश्चिम नेपालसम्मको यात्रा गर्न सकन्छि । यदि बीच बाटोमा चार्ज गर्नु परिहाले पनि धेरै समय कुर्नुपर्दैन । यसमा रहेको एड्भान्स्ड चार्जिङ प्रविधिले मात्र २० मिनेटमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म फास्ट चार्ज गरिदिन्छ ।

३. नेपाल सुहाउँदो बलियो बनावट : नेपालका पहाडी बाटो र खाल्टाखुल्टी भएका सडकका लागि यो एसयूभी निकै मजबुत र सुरक्षित छ । यसको बडी संरचनामा ७४.९ प्रतिशत उच्च शक्तियुक्त स्टील र मुख्य पिलरहरूमा १,५०० एमपीएको एरोस्पेस ग्रेड स्टील प्रयोग गरिएको छ । यसको २.० एलएफपी ब्याट्रीले कठोर अग्नि र पंक्चर परीक्षणहरू पास गरेको छ । धेरैजसो बजेट ईभीमा कडा सस्पेन्सन हुन्छ । तर यसमा मल्टिलिंक रियर सस्पेन्सन भएकाले कच्ची बाटोमा पनि यात्रा निकै आरामदायी र हलुका हुन्छ ।

४. दमदार पावर र टर्क : पहाडी सडकमा गुड्ने एसयूभीमा बढी पावर र टर्क हुन जरुरी छ । एक्सियनमा १५० किलोवाटको मोटर छ । जसले ३१० न्युटन मिटरको इन्स्ट्यान्ट टर्क उपलब्ध छ। यसले गर्दा गाडीमा ७ जना यात्रु र सामान पूर्ण रूपमा लोड हुँदा पनि नेपालका ठाडा उकालाहरूमा गाडीले विनाकुनै कठिनाइ रफ्तार समात्छ ।

५. डिजिटल र सुरक्षित प्रविधि : एक्सियन ईभी फिचर लोडेड छ । ट्राफिक जाम र साँघुरा गल्लीहरूमा चलाउन सजिलो होस् भनेर यसमा एडास, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र एडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिर दिइएको छ । साथै यसमा ३६० डिग्री क्यामेरा र ट्रान्सपेरन्ट चेसिस रहेको छ । जसले गाडी गुडिरहेको बेला गाडीमुनिको भुइँ वा ढुङ्गा-खाल्डाखुल्डी कस्ता छन् भन्ने कुरा भित्र स्क्रिनमै स्पष्ट देखाइदिन्छ । साथै, क्याबिनमा पनि आधुनिक फिचरहरू उपलब्ध छन् ।


Back_to_top