काठमाडौं । ललितपुरको कुमारीपाटीमा ट्रायम्फ र केटीएमको नयाँ मल्टि ब्राण्ड शोरुम संचालनमा आएको छ ।
ग्राहकलाई सेल्स, सर्भिस र स्पेयर्स सम्पूर्ण सेवा एउटै स्थानबाट प्रदान गर्ने उद्देश्यले उक्त मल्टि ब्राण्ड शोरुम संचालनमा ल्याएका हुन् ।
यस नयाँ शोरूमसँगै ट्रायम्फले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाएको छ। यो कम्पनीको नेपालमा सातौं शोरूम हो भने आगामी दिनमा थप स्थानहरूमा पनि शोरूम विस्तार गर्ने योजना रहेको छ।
ललितपुरस्थित यो शोरूम मोटरसाइकल पारखीहरूका लागि एक विशिष्ट मल्टि ब्राण्ड गन्तव्यका रूपमा स्थापित भएको छ । जहाँ ट्रायम्फको प्रिमियम बेलायती मोटरसाइकल परम्परा र केटीएमको विश्व प्रसिद्ध मोटरसाइकल मोडेलहरु एउटै छानामुनि अनुभव गर्न सकिन्छ।
यो शोरूम ग्राहकहरूलाई मोटरसाइकल खरिददेखि बिक्रीपछिको सेवासम्म सहज, भरपर्दो र उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकास गरिएको हो।
बाइकर्स डिपोका सञ्चालक सतीश श्रेष्ठले ललितपुरका राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याइएको बताए ।
‘ललितपुरका राइडरहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवा र अनुभव प्रदान गर्ने उद्देश्यका साथ ट्रायम्फ र केटीएमलाई अझ नजिक ल्याउन पाउँदा हामी निकै गर्व महसुस गरेका छौं। बिक्री, सर्भिस र स्पेयर्सको सम्पूर्ण सुविधा एउटै स्थानमा उपलब्ध गराएर उत्कृष्ट प्रदर्शन, गुणस्तर र मोटरसाइकलप्रतिको लगावलाई महत्व दिने प्रत्येक राइडरका लागि भरपर्दो गन्तव्य बन्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।
यस विस्तारसँगै ट्रायम्फ र केटीएमले नेपालभरका राइडरहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका छन् । उत्कृष्ट सेवा, सहज पहुँच र ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै यी ब्रान्डहरूले मोटरसाइकल मात्र नभई सम्पूर्ण मोटरसाइकलिङ संस्कृतिलाई प्रवल गर्ने लक्ष्य लिएका छन्।


