मूल्य घटेपछि लीपमोटरको बुकिङमा उल्लेख्य वृद्धि

काठमाडौं । लीपमोटर बी १० र सी १० को बुकिङमा उल्लेख्य वृद्धि भएको छ । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले मूल्य समायोजन गरेसँगै यी प्रिमियम एसयूभीको माग ह्वात्तै बढेको हो ।

बजेटपछि कम्पनीले बी १० को मूल्य एकैपटक ५ लाख रुपैयाँ घटाएको थियो । बजेटअघि ६० लाख रुपैयाँमा बिक्री हुँदै आएको बी १० हाल ५४ लाख ९९ हजार रुपैयाँमै पाइन्छ । कम्पनीले सी १० को मूल्य समायोजन नगरे पनि प्रिमियम फिचरका कारण ग्राहकको रोजाइ बन्दै आएको छ ।

हाल दुवै एसयूभीको बजार माग उच्च रहेको सांग्रिला मोटर्सले बताएको छ । नयाँ अर्डरसँगै गाडी डेलिभरी तीव्र बनाइएके कम्पनीको भनाइ छ ।

प्रतिस्पर्धी नेपाली बजारमा लीपमोटरमा यी एसयूभी सुरक्षा, रेन्ज र मूल्यको उत्कृष्ट संयोजन हुन् ।

यी दुवै फुल इलेक्ट्रीक प्रिमियम एसयूभीहरू प्रतिष्ठित युरो एनक्याप फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गाडीहरू हुन् जसले यात्रुहरूलाई विश्व–स्तरीय सुरक्षाको प्रत्याभूति दिन्छन् । यसका साथै, बी १० मा ६०० किलोमिटरको सीएलटीसी रेन्ज, सपेर टायर साथै अन्य थुप्रै फिचर छन् । जसले गर्दा यो दैनिक यात्रा तथा लामो दूरीका यात्राहरूका लागि अत्यन्तै भरपर्दो साबित हुन्छ।

कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै भरपर्दो इलेक्ट्रीक गाडीहरू उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेको छ।

कम्पनीले चाँडै ग्राहकलाई नयाँ स्वाद दिलाउन बी ०३ ल्याउने तयारी समेत थालेको छ ।


Back_to_top