काठमाडौं । टाटा मोटर्सले बहुप्रतिक्षित सिएरा ईभी सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा सिएर ईभी बिक्री सुरू गरेको हो ।
कम्पनीले सिएरा ईभी विभिन्न ८ भेरियन्टमा बजारमा ल्याएको छ । जसमा बेस भेरियन्टको मूल्य १८ लाख ७० हजार भारु (एक्सशोरुम) र टप भेरियन्टको २५ लाख ९९ हजार भारु तोकेको छ । फिचर र प्रतिस्पर्धी अन्य कारको मूल्यका आधारमा यसलाई निकै आकर्षक मान्न सकिन्छ ।
टाटाले सिएरा ईभी ६३ किलोवाट आवर र ७५ किलोवाट आवरको दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध गराइएको छ । यी एलएफपी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ५८५ किमी र ६६५ किमी एमआइडीसी रेन्ज दिन्छ ।
सिएरा ईभीले १२० किलोवाट डीसीफास्ट चार्जिङलाई सपोर्ट गर्छ । टाटाका अनुसार यो गाडी केलब २६ मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । ७५ किलोवाट आवरको भेरियन्टले १५ मिनेटमा २६३ किमीसम्मको रेन्ज थप्न सक्छ भने ६३ किलोवाट आवरको भेरियन्टले सोही समयमा २०३ किमीसम्म थप्न सक्छ ।

सिएरा ईभी दुई ड्राइभ अप्सनमा उपलब्ध छ । ७५ किलोवाटको ब्याट्री भएको टप भेरियन्ट सिएरा ईभी क्वाड ह्वील ड्राइभ ड्युअल मोटर (अल ह्वील ड्राइभ)मा उपलब्ध छ । अन्य भेरियन्ट भने रियर ह्वील ड्राइभमा उपलब्ध छ ।
क्वाड ह्वील ड्राइभ ड्युअल मोटर भेरियन्ट हाइ पर्फमेन्स छ । यसको पछाडि १७५ किलोवाट र अगाडि १०३ किलोवाट आवरको मोेटर छ । अगाडिको मोटरले ३४० न्युटन मिटर र पछाडिको मोटरले १६४ न्युटन मिटर टर्क प्रदान गर्छ । टाटाले क्वाड ह्वील ड्राइभ भेरियन्टका लागि ४,९२२ न्युटन मिटर ह्वील टर्क र रियर ह्वील ड्राइभले २,८५७ न्युटन मिटर ह्वील टर्कको दाबी गरेको छ ।
शक्तिशाली मोटर भएकाले यो गाडी निकै तीव्र गतिमा कुद्न सक्छ । केबल ५.८ सेकेण्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति भेटाउन सक्छ ।

यसको बाहिरी डिजाइन आइसीई संस्करणसँग मिल्दो जुल्दो छ । यसमा बाइ एलईडी अटो प्रोजेक्टेड हेडल्याम्प र वासरसहितको पछाडिको वाइपर समावेश छन्। सिएरा ईभीमा बन्द गरिएको अगाडिको खण्ड, कनेक्टेड लाइटिङ, फ्लश डोर ह्याण्डलहरू, बाक्लो क्ल्याडिङ र मूल सिएराबाट प्रेरित सीधा सिलौटका साथ टाटाको पछिल्लो ईभी स्टाइलिङ विशेषताहरू पनि रहेका छन् । साथै, मल्टि लिंक सस्पेन्सन, १८ इञ्चको एलोय ह्वील उपलब्ध छ ।
यसको इन्टेरियर आईसीई संस्करणको जस्तै फराकिलो डिजाइन र फिचर दिएको छ । यसमा दुईवटा १२.३ इन्चको इन्फोटेनमेन्ट र को ड्राइभर डिस्प्ले, एउटा १०.२५ इञ्चको इन्स्ट्रुमेन्ट क्लस्टर भएको होराइजन भ्यू ट्रिपल स्क्रीन सेटअप छ ।
यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, एन्ड्रोइड अटोका साथमा भारतको पहिलो ईभी रूट प्लानर, डल्बी एट्मस, सोनिक साउण्डबार र सबवूफर सहितको १२-स्पीकर भएको जेबीएल ब्ल्याक अडियो सिस्टम, भारतको पहिलो इन कार यूपीआइ प्रणालीको रूपमा ड्राइभपे इन्टिग्रेसन, प्रयोगकर्ताहरूलाई कारभित्रै भिडियो गेम खेल्न अनुमति दिने एयरकन्सोल, मल्टि कलर इन्टरफेस भएको एचयूडी, आर्केड ईभी एप सुइट र फाइभ जी कनेक्टिभिटी सहितको आइआरए डट ईभी कनेक्टेड कार सुइट, एक्सटेन्डेबल अन्डर थाई सपोर्ट, अटो क्लाइमेट कन्ट्रोल, अटो डिमिङ आइआरभीएम, पावर्ड र भेन्टिलेटेड सिटहरू, ड्राइभर सिटका लागि मेमोरी सेटिङहरू, अगाडि र पछाडिको आर्मरेस्ट, पछाडिको विन्डो सनब्लाइन्ड, लेदररेट अपहोल्स्ट्री लगायत फिचर छन् ।
टाटाले सिएरामा व्यावहारिकतातर्फ पनि ध्यान दिइएको छ । यसमा सामान राख्न ६२२ लिटरको बुटस्पेस र ५५ लिटरको फ्रन्क छ । साथै गाडीबाटै अन्य विद्युतीय उपकरण प्रयोग गर्न ३.३ किलोवाट सपोर्ट गर्ने भेहिकल टु लोड सुविधा छ । भेहिकल(टु भेहिकल चार्जिङ ५ किलोवाटमा रेट गरिएको छ ।

सिएरा ईभीमा सुरक्षाका लागि ६ वटा एयरब्याग र अल ह्वील डिस्क ब्रेकहरू पनि उपलब्ध छन्। टप स्पेक भेरियन्टमा लेभल २ प्लस एडास, अटो पार्क असिस्ट, ५४० डिग्री सराउण्ड भ्यू, ट्रान्सपेरेन्ट बोनेट भ्यू र समन मोड छ । जसले गाडीलाई साँघुरो पार्किङ ठाउँहरूमा टाढैबाट अगाडि वा पछाडि सार्न अनुमति दिन्छ ।


