चेरी QQ 3 को ३ भेरियन्ट नेपाल आउँदै, साउनदेखि बिक्री सुरू हुने

काठमाडौं । चिनियाँ ब्राण्ड चेरीको नयाँ अर्बन क्रसओभर एसयूभी ‘चेरी क्यूक्यू थ्री’ नेपाल आउने भएको छ । नेपालका लागि चेरीको आधिकारि बिक्रेता एसपीजी अटोमोबाइल्सले क्यूक्यू थ्री नेपाल भित्र्याउने तयारी थालेको हो ।

कम्पनीका अनुसार उक्त एसयूभी आगामी साउन तेस्रोसातादेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिने छ । कम्पनीका अनुसार चेरी क्यूक्यू थ्री तीन भेरियन्टमा नेपाल आउने छ । यो ५ वटा आकर्षक बाहिरी रङ र २ वटा प्रिमियम इन्टेरियर कलर थिममा उपलब्ध हुनेछ।

चेरी क्यूक्यू थ्रीमा ९० किलोवाटको परमन्ट म्याग्नेट इलेक्ट्रीक मोटर छ । यसमा ४१.२ किलोवाट अवरको एलएफपी ब्याट्री जडान गरिएको छ । जसले एकपटकको फुलचार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने एनआइडीसीले प्रमाणित गरेको छ ।

चार्जिङ सुविधाका हिसाबले पनि चेरी क्यू अत्यन्तै प्रभावकारी रहेको छ । यसले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा रहेको ब्याट्रीलाई केबल १६ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, भी टु एल सुविधामार्फत बाह्य विद्युतीय उपकरणहरू संचालन गर्न पनि सकिन्छ।

उन्नत विद्युतीय प्लेटफर्ममा आधारित क्यूक्यू थ्री रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । यसको आकर्षक डिजाइनसँगै फराकिलो र व्यावहारिक इन्टेरियर छ । यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ । जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ।

अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता, उत्कृष्ट विद्युतीय कार्यसम्पादनको संयोजनले चेरी क्यूक्यूलाई नेपाली बजारमा बहुप्रतीक्षित विद्युतीय सवारीसाधनका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

नेपालको बढ्दो विद्युतीय सवारी बजारलाई लक्षित गर्दै डिजाइन गरिएको यस गाडीले आधुनिक प्रविधि, सहज प्रयोग र उत्कृष्ट कार्यसम्पादनको संयोजनमार्फत शहरी विद्युतीय गतिशीलतामा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।


Back_to_top