काठमाडौं । यामाहा नेपालले देशका सातै प्रदेश विभिन्न समाजिक कार्यक्रमम आयोजना गर्दै यामाहाको ७१औँ वार्षिकोत्सव मनाएको छ ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइडले देशभर रहेका यामाहाका शोरुम, डिलरशिप र कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा एकैसाथ वार्षिकोत्सव मनाएको हो ।
यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ मा ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको छ। यो दिन यामाहाको इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोर्ट्समा गरेको योगदान र गतिशीलताको यात्रालाई सम्मान गर्ने गरिन्छ।
वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा पुर्याएका आफ्ना कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ। नेपालभरका १०० भन्दा बढी डिलरहरूले डिजिटल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए। साथै, यामाहा मोटर इण्डियाको डिजिटल उपस्थितिले समारोहलाई अझ विशेष बनाएको थियो।
वार्षिकोत्सवको अवसरमा यामाहाले आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा विशेष अफरहरू पनि ल्याएको थियो। देशभरका सेवा केन्द्रहरूमा सबै ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो। यसै अन्तर्गत ‘७ प्रदेश, ७ ग्राहक’ अभियान सञ्चालन गरी प्रत्येक प्रदेशबाट एक(एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत क्यासब्याक प्रदान गरिएको थियो। साथै, जुलाई १ मा मोटरसाइकल डेलिभरी लिने ग्राहकलाई धन्यवादस्वरूप विशेष वार्षिकोत्सव चकलेट पनि प्रदान गरिएको थियो।
सामाजिक सेवाको भावना अनुरूप यामाहाले धनगढी, पोखरा, नक्साल, गट्ठाघर, भरतपुर, बर्दिबास र इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । नेपालका प्रमुख शहरस्थित ७ शोरुममार्फत सञ्चालन गरिएको यस अभियानबाट करिब ३५० युनिट रगत संकलन गरिएको थियो। यसैगरी, विराटनगरस्थित आफ्नो प्लान्टमा यामाहा नेपालले वृक्षारोपण कार्यक्रम पनि आयोजना गरेको थियो।
त्यस्तै, काठमाडौंको व्यस्त ट्राफिक समयमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन काठमाडौं प्रहरीसँग सहकार्य गर्दै सडक सुरक्षा सचेतना फैलाएको थियो। साथै, कम्पनीको लेगेसी राइडिङ कम्युनिटी ब्लू स्ट्रिक्सले काठमाडौंको बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होम बालगृहमा परोपकारी राइडको आयोजना गरेको थियो।
एमएडब्लू राइड्स प्रालिका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले ७१ वर्षको यात्रामा डिलरहरूले हरेक मोड र परिस्थितिमा साथ दिएको बताए ।
‘आजको दिनमा यामाहा नेपालभरका ४०० परिवारको रोजगारीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएको छ, र यो हाम्रो लागि गौरव सहितको जिम्मेवारी हो। ७१ वर्षको यात्रामा हाम्रा डिलरहरूले हरेक मोड र परिस्थितिमा हामीलाई साथ दिनुभएको छ। यसका लागि हामी उहाँहरूप्रति आभारी छौँ। ट्राफिक सचेतना अभियानदेखि परोपकारी कार्य, रक्तदानदेखि वृक्षारोपणसम्म, आज हामीले गरेका हरेक काममा यामाहाको मूल भावना झल्किएको छ। यामाहा भनेको समुदायसँगै अघि बढ्ने ब्रान्ड हो,’ उनले भने ।


