नाडा अटो शोको स्टल बाँडफाँट, ४६ ब्राण्ड सहभागी हुने

काठमाडौं । आगामी भदौ ९ देखि १४ गतेसम्म आयोाजना हुने नाडा अटो शो २०२६ को स्टल बाँडफाँट सम्पन्न भएको छ ।

नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)ले गोलाप्रथाद्धारा अटो शोका लागि स्टल बाँडफाँट गरेको हो ।

नाडाका अनुसार गत महिना अटो शोका लागि स्टल बुकिङ रजिष्ट्रेशन खुला गरेको थियो । प्राप्त आवेदनहरूलाई एकैठाउँमा राखी गोलाप्रथाबाट स्टल बाँडफाँट गरिएको नाडाले जनाएको छ ।

नाडाका अनुसार अटो शोमा सवारी साधनका लागि ४६ वटा स्टल छुट्याइएको छ । जसमा १९ प्यासेन्जर भेहिकल, १० दुईपाँग्रे सवारी साधन र १७ वटा लाइट कमर्शियल भेहिकल ब्राण्डका लागि स्टल बाँडिएको छ ।

त्यस्तै, ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरूलाई स्टल उपलब्ध गराइएको छ ।

स्टल बाँडफाँट कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य एवं सम्पूर्ण सहभागी कम्पनीहरूका प्रतिनिधिको उपस्थिति थियाे ।


Back_to_top