काठमाडौं । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् ।
यसअघि विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालय तानेपछि रिक्त स्थानमा भुसाललाई नियुक्त गरिएको हो ।
विभागमा निमित्त महानिर्देशक रहेका भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन् ।


