काठमाडौं । नेपाली बजारमा विद्युतीय कारमा एकपछि अर्को विकल्प थपिने क्रम जारी छ । त्यही क्रममा ग्रेटवाल मोटर्सको ओरा फाइभ असार महिनामै नेपालमा बिक्री सुरू भएको एसयूभी हो ।
झट्ट हेर्दा ओरा थ्रीकै पदचाप पच्छाएर तयार परिएको ओरा फाइभ ठूलो, अग्लो र स्पेसियस छ । यसमा २०० एमएमको ग्राउण्ड क्लियरेन्स भएको कारण नेपाली सडकको आवश्यकता पूरा गर्ने खालको छ ।

तपाईंको पहिलो नजर यसमा पर्दा मनमा आउने कुरा डिजाइन हो । विश्व चर्चित ब्राण्ड मिनी, बेन्टले वा पोर्श्चे जस्ता गाडीको डिजाइन शैली यसमा पाउन सकिन्छ । रेट्रो क्लासिक डिजाइन रुचाउने मानिसले यसलाई आँखा चिम्लेर किन्न सक्छन् ।
किफायती मूल्य यसको अर्को बलियो पक्ष हो । दुई भेरियन्टमा उपलब्ध ओरा फाइभको इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार र टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँमा किन्न सकिन्छ । जुन डिजाइन अनुसारको उत्कृष्ट मूल्य अफर गरेको हो ।
भीजी इम्पेक्स आधिकारिक बिक्रेता रहेको ग्रेटवाल मोटर्स ओरा फाइभसँग आक्रमक बजार विस्तारको रणनीतिमा देखिएको छ । कम्पनीले ठूला र लाइफ स्टाइल भेहिकलसँगै आकर्षक मूल्यका एसयूभी सहित बजारमा बलियो विकल्प प्रस्तुत गर्न लागेको देखिन्छ ।

ओरा फाइभलाई काठमाडौंका विभिन्न स्थानमा चलाएर हेरेपछि केही कुरा भन्न सकिन्छ । यसमा रेन्जको कुनै समस्या हुनेछैन । बाहिरी डिजाइनले पृथक देखाउँछ भने भित्री डिजाइन पनि मिनिमल र टेक फिचर लोडेड छ ।
यस्तोमा कम्पनीले हालै बिक्री थालेको ओरा फाइभ कस्तो छ भन्ने जिज्ञासा तपाईंमा छ भने थाहापाउन तल दिइएको रिभ्यू भिडियो हेर्न सक्नु हुन्छ ।


