भोल्भोले नयाँ इलेक्ट्रीक बस बनाएको छ । कम्पनीले बनाएको पूर्ण इलेक्ट्रीक बसले १ सय ५० जना यात्रु बोक्न सक्नेछ । भोल्भोले यो बस टू लेन्थमा बनाएको हो । कम्पनीले बनाएको इलेक्ट्रीक सवारीमा नयाँ बसले आयाम थपेको भोल्भोको भनाई छ ।
इलेक्ट्रीकका साथै भोल्भोसँग हाइब्रिड र प्लगइन हाइब्रिड बसहरुसमेत रहेको छ । भोल्भो ७९०० इलेक्ट्रीक योजना अन्तर्गत बन्ने इलेक्ट्रीक बसहरु धेरै यात्रु क्षमता, कम धोनी प्रदूषण र कम प्रदूषण गर्ने नीतिबाट प्रविभात हुनेछ ।
स्वीडेनमा उक्त बसको परिक्षण भइरहेको कम्पनीले जनाएको छ । यो बस २०१९ को अक्टोबरमा औपचारीक रुपमा बजारमा आउने छ । उक्त बस करिब १८ मिटर लामो हुनेछ ।
भोल्भोका साथै केही साता अघि हुन्डाईले समेत इलेक्ट्रीक बस सार्वजनिक गरेको थियो । उक्त बसले ७० जना प्यासेन्जर बोक्ने क्षमता राख्छ । यस्ता बस सार्वजनिक यातायातका रुपमा प्रयोग हुने हो भने वायू प्रदूषणमा निक्कै सहयोग पुग्ने छ ।

