तिब्र गतिमा बिस्तार हुँदै बालाजु चोकबाट नयाँ बसपार्क जाने करिडोर

काठमाडौं । विष्णुमती करिडोर अन्तर्गत रहेको बालाजु चोक–नयाँ बसपार्क सडकखण्ड दुईलेनमा निर्माण हुँदैछ । बालाजु पुलबाट बसपार्क पुलसम्मको १ लेनमा निर्माण भएको करिडोर सडकलाई विस्तार गरि २ लेनको बनाउन लागेको हो । 

ट्राफिक प्रहरी महाशाखाका अनुसार हाल उक्त स्थानमा डोजर लगाउने, रुख कटान गर्ने र मन्दिर सार्ने काम भइसकेको छ ।  

सडक विभागसँग समन्वयगरी ट्राफिक प्रहरी समेत उक्त सडकखण्ड निर्माणको काममा जुटेको ट्राफिक महाशाखाका प्रवक्ता रवीकुमार पौडेलले जानकारी दिए । 

उनले उक्त सडकखण्डको काम चाँडै सकेर ग्राबेल गर्ने र त्यसपछि सडक संचालन गर्ने जनाए । 

‘अहिले सडक विस्तारको काम भइरहेको छ, पहिले १ लेनको थियो, अब २ लेन बनाइदैँछ, ग्राबेल गरेर सकिना साथ सडक सञ्चालनमा ल्याइन्छ,’ पौडेलले मेरोअटोसँग भने । 

सो सडक ५ सय मिटरको हाराहारीमा रहेको महाशाखाले जनाएको छ । उक्त सडक २ लेनको बनेपछि टोखाबाट करिडोर हुँदै आउने र बालाजुबाट सोही रुट प्रयोग गर्ने सवारीलाई सहज हुनेछ । 

नयाँ बसपार्कको बाटोमा जाम न्यूनीकरण गर्न यस करिडोरले ठूलो भुमिका निभाउने पौडेलले दाबी गरे । 

बसपार्क तल सडक खुल्ला गरिसकेको तर, बालाजु चोकमा भने अझै केही काम बाँकी रहेको पौडेलले जानकारी दिए ।


Back_to_top