हुन्डाईले जुलाईमा बेच्यो अहिलेसम्मकै धेरै कार

काठमाडौं । हुन्डाई इन्डियाले सन् २०२६ को जुलाईमा कार बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले १ महिनामै घरेलु र अन्तर्राष्ट्रिय बजारमा कुल ७५ हजार ३६० युनिट गाडी बिक्री गर्दै अहिलेसम्मकै धेरै बिक्रीको कीर्तिमान बनाएको हो ।

हुन्डाईले गाडी बिक्रीमा महिनामा ७५ हजारको युनिटको आँकडा पार गरेका यो पहिहलो पटक हो । यो गत वर्ष सोही अवधिको तुलनामा २५.४५ प्रतिशत अर्थात् २४३६ युनिट धेरै हो । हुन्डाई सन् २०२५ जुलाईमा कुल ६० हजार ७३ युनिट कार बिक्री गरेको थियो ।

जुलाईमा हुन्डाईको घरेलु बिक्री र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२५ को जुलाईको तुलनामा यो वर्ष घरेलु बिक्री २३.२८ प्रतिशतले बढेर ५४ हजार २१० युनिट पुगेको छ । गत वर्ष जुलाईमा भारतमा ४३ हजार ९७३ युनिट कार बेचेको थियो ।

त्यस्तै, हुन्डाईको निर्यात ३१.३७ प्रतिशतले बढेर २१ हजार १५० युनिट पुगेको छ । गत वर्ष जुलाईमा २१ हजार १५० युनिट गाडी निर्यात गरेको थियो ।

हुन्डाईको कुल बिक्रीमा कुन मोडलको कति भन्ने तथ्यांक भने आइसकेको छैन । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले सन् २०२५ को नोभेम्बरमा बजारमा ल्याएको न्यू जेन भेन्युमा ग्राहकको उच्च आकर्षण देखिएको छ ।


Back_to_top