रोयल इनफिल्डको नयाँ एड्भेन्चर अर्को महिना लन्च हुने

काठमाडौं । रोयल इनफिल्डले ४४० सीसी सेग्मेन्टमा आधारित नयाँ एड्भेन्चर मोटरसाइकल अर्को महिना सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतमा उत्पादन गरिरहेको ४४० हिमालयन एड्भेन्चर सन् २०२६ सेप्टेम्बरमा देखाउने भएको हो ।

यद्यपि, कम्पनीले मोटरसाइकलको प्रोटोटाइप मोडल वा उत्पादन मोडल कुन देखाउने भन्ने अहिलेसम्म खुलाइएको छैन ।

गोवामा गरिएको परीक्षणका क्रममा यो इन्जिनले हिमालयन ४५० को लिक्विड-कुल्ड शेर्पा ४५० इन्जिनभन्दा फरक किसिमको आरामदायी र रिल्याक्स राइडिङ अनुभव दिएको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै, धेरै पुराना हिमालयन प्रयोगकर्ताले खोजेको पुरानोको जस्तै सहज र टर्की अनुभव हिमालयन ४४० ले फर्काउन सक्ने अपेक्षा गरिएको छ । रोयल इनफिल्डले भारतमा नयाँ हिमालयन ४४० मोटरसाइकल उत्पादन गरिरहेको रिपोर्ट भारतीय मिडियामा पहिलै आएको थियो । रिपोर्ट अनुसार नयाँ हिमालयन सन् २०२३ मा उत्पादन बन्द भएको हिमालयन ४११ मोडलमा आधारित हुनेछ । यसमा प्रयोग गरिने इन्जिन भने रोयल इनफिल्डको स्क्रयाम्बलर ४४० मोडलबाट लिइने छ ।

रोयल इन्फिल्डले आफ्नो पुरानो एड्भेन्चर मोटरसाइकलको नयाँ अवतारका रूपमा हिमालयन ४४० ल्याउने तयारी गरिरहेको बताइएको छ । यसमा साधारण र बलियो एड्भेन्चर डिजाइनलाई निरन्तरता दिइनेछ ।

हाल कम्पनीले (डीफोजी) कोडनेम दिएर नयाँ हिमालयनको काम अगाडि बढाइ रहेको रिपोर्टमा उल्लेख छ । रोयल इनफिल्डको ४४० सीसी इन्जिन प्लेटफर्म केवल स्क्रयाम ४४० मा मात्र प्रयोग भइरहेको छ । अन्य ३५० सीसी, ४५० सीसी र ६५० सीसी प्लेटफर्म भने धेरै मोडलहरूमा प्रयोग भइसकेका छन् । यही कुरालाई मध्यनजर गर्दै कम्पनीले ४४० सीसी सेग्मेन्टमा नयाँ मोडल थप्ने भएको हो ।

नयाँ हिमालयन ४४० मा स्क्रयाम ४४० को इन्जिन र अन्य आधारभूत हार्डवेयर कम्पोनेन्टहरू प्रयोग गरिने छ । तर, यसको डिजाइन पुरानो हिमालयन ४११ जस्तै र गा्रफिक्स पूरा नयाँ हुने अनुमान गरिएको छ ।

४४० हिमालयन साधारण प्रयोगमैत्री ४११ जस्तै ओडबल स्टाइल डिजाइनमा आउने बताइएको छ । नयाँ हिमालयनमा ४४३ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, एफआई सेर्पा इन्जिन हुनेछ । जुन स्क्रयाम ४४० मा पाइन्छ । यो इन्जिनले अधिकतम २५.४ पीएस पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

मोटरसाइकलमा स्लिप र असिस्ट क्लच, स्वीचेबल एबीएस, डिस्क ब्रेक, एलईडी लाइट सिस्टम, सानो गोलाकार टीएफटी डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी सिस्टम, लामो ट्राभल सस्पेन्सन सेटअप, अफरोड टायर, क्रस स्पोक रिम, लगायतका सुविधाहरू हुने छन् ।


Back_to_top