अटो एक्स्पोमा हुन्डाईका कार किन्दा ६ लाखसम्म छुट पाइने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना उत्पादन नाइमा मोविलिटी एक्स्पोमा बुकिङ गर्ने उपभोक्तालाई स्कीम दिएको छ । कम्पनीले ल्याएको स्कीममा उपभोक्ताले ६ लाख रुपैयाँसम्मको छुट पाउने छन् ।

कम्पनीले मोडल अनुसार अधिकतम ४ लाख ५० हजार रुपैयाँसम्म एक्सक्लुसिभ छुटको घोषणा गरेको छ । नाइमा स्पेशल बेनिफिट भन्दै अर्को १ लाख ५० हजारसम्मको छुट खरिदकर्ताले पाउने छन् ।

यसका अलावा हरेक हुन्डाईका उत्पादन खरिदमा कम्पनीले एक वर्षको वार्षिक कर र एक वर्षको बीमा निःशुल्क उपलब्ध गराउने छ । कम्पनीले मोविलिटी एक्स्पोमा आयोनीक ९ ईभी, नयाँ जेनेरेशन हुन्डाई भेन्यू, भेन्यू एन लाइन र क्रेटा ईभीको नयाँ भेरियन्ट लन्च गरेको छ ।

कम्पनीको यो स्कीम उपलब्ध सबै मोडलमा लागु हुनेछ । हुन्डाईले नेपाली बजारमा क्रेटा एसयूभी, ग्राण्ड आइ १० नियोस, एक्सटर, टुसान, शान्ताफे, प्यालिसेड, कोना जस्ता मोडल बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top