हाभल जोलियन ईभी नेपालमा बिक्री सुरू, मूल्य आकर्षक

काठमाडौं । ग्रेटवाल मोटर्स अन्तर्गको एसयूभी ब्राण्ड हाभलको इलेक्ट्रीक एसयूभी नेपालमा बिक्री सुरू भएको छ ।

नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भीजी ईम्पेक्सले जारी नाइम मोबिलिटी एक्स्पोमा जोलियन म्याक्स ईभी सार्वजनिक गरेको हो ।

कम्पनीले जोलियन एसयूभीको मूल्य ५९ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ । जोलियन एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी इन्टेरियरको संयोजन छ ।

यसमा १५० किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर उपलब्ध छ । जसले २६० न्युटन टर्क प्रदान गर्छ । यसमा ५८.३ किलोवाट आवरको ब्याट्री प्याक छ । जसले एकपटकको फुलचार्जमा ४०० किमी रेन्ज दिने डब्लूएलटीपी रेन्ज दिन्छ ।

जोलियन म्याक्स ईभीको लम्बाइ ४,५९० एमएम, चौडाइ १,८७७ एमएम र उचाइ १,६७५ एमएम रहेको छ। यसमा १८ इन्च र १९ इन्चका एलोय ह्वीलको विकल्पसमेत दिइएको छ।

यसमा ६.६ किलोवाट एसी चार्जिङ र डीसी फास्ट चार्जिङको सुविधा उपलब्ध छ । गाडीको ब्याट्रीबाट बाहिरी उपकरण चलाउन सकिने भीटुएल सुविधा उपलब्ध छ ।

नयाँ जोलियन म्याक्समा प्रविधि र सुविधालाई समेत प्राथमिकता दिइएको छ। यसमा १४.६ इन्चको रङ्गीन मल्टिमिडिया टचस्क्रीन, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ६ वटा स्पिकर, आवाजबाट नियन्त्रण गर्न सकिने प्रणाली र मोबाइल फोन कनेक्टिभिटी उपलब्ध छन्।

गाडीमा प्यानोरामिक सनरुफ, विद्युतीय रूपमा समायोजन गर्न सकिने अगाडिका सिट, अगाडिका सिटमा तताउने तथा चिस्याउने सुविधा, हिट पम्प, स्वचालित वातानुकूलन र विद्युतीय टेलगेटजस्ता सुविधा छन्।

यसमा क्रुज कन्ट्रोल, लेनबाट बाहिरिँदा चेतावनी, लेनमा राख्ने सहायता, लेन परिवर्तन सहायता, अगाडिको ठक्कर चेतावनी, स्वचालित आपत्कालीन ब्रेकिङ, ब्लाइन्ड स्पट निगरानी, अगाडिको राडार तथा चालकको थकान निगरानी प्रणाली उपलब्ध छन्।

त्यस्तै, अगाडिको तथा पछाडिको पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ढोका खोल्दा चेतावनी दिने प्रणाली, पछाडिबाट हुने ठक्करको चेतावनी र स्वचालित आपत्कालीन संकेत प्रणालीजस्ता सुरक्षा सुविधा पनि छन्।

जोलियन म्याक्स ईभीमा अगाडि म्याकफर्सन र पछाडि मल्टिलिंक सस्पेन्सन प्रयोग गरिएको छ। अगाडि र पछाडि डिस्क ब्रेक दिइएको छ।


Back_to_top