काठमाडौं । नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको छ । नेपाल ईभी पेनिट्रेसन उच्च हुने मुलुकमा विश्वकै दोस्रो स्थानमा पछ । सन् २०२५ को तथ्यांक अनुसार यहाँ कुल बिक्री हुने कुल ईभीमध्ये ७२ प्रतिशत हिस्सा ईभीको छ ।
बजारमा ईभीको माग बढेसँग नयाँ नयाँ ब्राण्डको बाढी आइरहेको छ । हाल नेपालमा ईभी ब्राण्डको संख्या ४ दर्जन नाघिसकेको छ । तर, करिब १ दर्जन ब्राण्डले मात्रै आफूलाई बजारमा स्थापित गर्न सकेका छन् ।
नेपालमा तिनै सफल ब्राण्ड मध्ये एक हो चीनको सरकारी स्वामित्वको डोङफेङ मोटर कर्पोरेसनको सबब्राण्ड नामी । नेपाल सुहाउँदा सवारी, आकर्षक डिजाइन, आनुधिक प्रविधि, उचित मूल्य, सहज बिक्रीपछिको सेवा र स्पेयर पार्टसको उपलब्धता लगायत कारण नामी नेपालीको रोजाइमा पर्न सफल भएको हो ।
सन् २०२४ मा नेपाल प्रवेश गरेको नामीले २ वर्षको अवधिमै ठूलो छलाङ मारेको छ । यस अवधिमै नेपाली सडकमा नामीका २ हजार बढी इलेक्ट्रीक गाडी गुडिरहेका छन् । जसले यसको व्यापक स्वीकार्यता र लोकप्रियता दर्शाउँछ।
नेपालमा नामी सफल हुनुमा आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपको ठूलो मेहनत, विश्वास र लगानी रहेको छ । नेपाली अटोमोबाइल क्षेत्रमा ६० वर्षदेखि निरन्तर सेवा र ग्राहकको मन जित्न सफल एमएडब्ल्यूको अनुभवले नामी ब्राण्डप्रति ग्राहकको विश्वास थप मजबुत बनाएको छ ।
कम्पनीले बजारमो माग र ग्राहकको आवश्यकता अनुसार एकपछि अर्को मोडल उपलब्ध गराउँदै आएको छ । कम्पनीले सन् २०२४ सहरी क्षेत्रका लागि आकर्षक, व्यावहारिक र आधुनिक पारिवारिक ईभीका रूपमा नामी बक्स भित्र्याएको थियो । जसले ह्याचब्याक बजारमा सकारात्मक प्रभाव पार्यो ।
नामी भिगो बक्सको सफलतापछि कम्पनीले गत वर्ष (सन् २०२५)मा नेपालको तीव्र रूपमा बढिरहेको एसयूभी सेग्मेन्टमा नामी भिगो भित्र्यायो । जुन अहिले नेपाली बजारमा हटकेक मोडल बनिरहेको छ ।
नेपालका अप्ठ्यारा र चुनौतीपूर्ण गन्तव्यमा भिगोको सफल यात्राले नामीका गाडीहरूको भरपर्दोपना र क्षमतालाई अझ बलियो बनाएको छ ।

एकातिर विश्वस्तरीय इन्जिनियरिङ र अर्कोतिर एमएडब्लूले नेपालमा लिएको रणनीति नै नामीको सफलताको आधार हो । डोङफेङको प्रविधि, उत्पादनको गुणस्तर र दीर्घकालीन बजार उपस्थितिमा उच्च विश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ ।
एएमडब्लू नेपालमा नामीमा गाडी बिक्री गर्नमा मात्र सीमित छैन । कम्पनीले देशभर ईभीको इकोसिस्टम निर्माण गरिरहेको छ । कम्पनीले देशका प्रमुख सहर तथा राजमार्गमा चार्जिङ स्टेसन, देशभर सेल्स तथा सर्भिस नेटवर्क विस्तार गरी ग्राहकलाई बिक्रीपछिको सेवा सुनिश्चित गरेको छ । नेपालमा धेरै जसो ब्राण्ड गाडी बेच्न मात्र केन्द्रित भइरहँदा नामीले भने बिक्रीपछिको सेवालाई पहिलो प्राथमिकतामा राखेकै कारण बजारमा स्थापित हुन सफल भएको हो ।
साथै, कम्पनीले ग्राहकलाई आफ्ना स्वामित्वको अपनत्व गराउन ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटर (जुन पहिला आउँछ)को वारेन्टी दिएको छ । जसले ग्राहकको चिन्ता हटाउँदै ढुक्क बनाएको छ ।
अन्तर्राष्ट्रिय अटोमोटिभ प्रविधि, एएमडब्लूको ग्राहक केन्द्रित सेवा नीति र ग्राहकको सहयोगले नामीलाई नेपालमा भरपर्दो र फ्युचररिस्टिक ईभी ब्राण्डका रूपमा स्थापित गरेको छ । जसले नेपालको ई मोबिलिटी भविष्यका लागि एउटा सबल, विश्वासिलो र सहज वातावरण निर्माण गरिरहेको छ ।


