काठमाडौं । नेपाल आयल निगमलाई आगामी १५ दिनमा साढे ८१ करोड रुपैयाँ घाटा हुने भएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि सोही अनुसार समायोजन नगर्दा आगामी १५ दिनमा ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने भएको हो ।
निगम संचालक समितिको आइतबार (साउन ३१)को बैठकले पेट्रोलियम पद्धार्थ साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७.५० रुपैयाँ, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ कायम छ ।
त्यस्तै, डिजेलरमट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७.५० रुपैयाँ, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।


