आर्कफक्सले खोल्यो नक्शालमा शोरुम, टी-१को बुकिङ र टेस्ट ड्राइभ चल्दै

काठमाडौं । लक्ष्मी मोटरहबले काठमाडौंको नक्शालमा आर्कफक्सको शोरुम संचालनमा ल्याएको छ । कम्पनीले बीएआइसी ग्रुपको बीएआइसी र आर्कफक्स दुवै ब्राण्डको लागि शोरुम तयार गरेर संचालनमा ल्याएको हो ।

आर्कफक्सको गाडी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ढिलोगरी प्रदर्शनीमा राखियो । कम्पनीले केबल दुई दिन मात्रै आरफक्स टी-१ प्रदर्शनीमा राख्न पाएको थियो । कम्पनीले आर्कफक्स टी-१ लाई दुई भेरियन्टमा बजारमा ल्याएको हो ।

एलभी-०२ र एलभी-०३ भेरियन्ट बिक्रीको लागि उपलब्ध गराएको कम्पनीले एलभी-०२ को मूल्य ३२ लाख ९६ हजार र एलभी-०३ को मूल्य ३५ लाख ९६ हजार रुपैयाँ तोकेर बुकिङ खोलेको थियो । कम्पनीले मोबिलिटी एक्स्पोमा २ दिन मात्रै राख्न पाएपनि १७० युनिट माथिको बुकिङ प्राप्त गरेको जनाएको छ ।

‘हामीले दुई दिन मात्रै गाडी प्रदर्शनीमा राख्न पायौं । उपभोक्ताको रेस्पोन्स निकै राम्रो छ । दुई दिनमा १७० युनिट बुकिङ पाएका छौं । अटो एक्स्पो सकिएपनि नक्शाल शोरुममा गाडी हेर्न आउने र बुकिङ गर्नेहरुको उपस्थिति बाक्लो छ’, लक्ष्मी मोटरहब स्रोतले भन्यो ।

आर्कफक्स टी-१ फिचर लोडेड क्रसओभर मोडल हो । ४.३ मिटर सेग्मेन्टको यो कार पर्फमेन्स, रेन्ज, कम्फर्ट र मूल्यको बेजोड मिश्रण रहेको कारण नाइमा एक्स्पोमा राम्रो प्रतिक्रिया पाएको अवलोकनकर्ताले बताएका थिए ।


Back_to_top