सानो ब्याट्रीमा आयो नयाँ जे फाइभ प्रो, मूल्य ९ लाख सस्तियो

काठमाडौं । मिनी रेन्ज रोभर भनेर चिनिने प्रिमियम एसयूभी जेको जे फाइभको नयाँ भेरियन्ट नेपालमा सार्वजनिक भएको छ ।

नेपालका लागि ओमोडा एण्ड जेकाेको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नाडा अटो शोमा नयाँ जे फाइभ प्रो बिक्री सुरू गरेको हो ।

कम्पनीले नयाँ जे फाइभ प्रोको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोेकेको छ । यद्यपि, यो मूल्य पहिलो १०० जना ग्राहकले मात्र पाउने कम्पनीले जनाएको छ ।

यो यसअघि बिक्री हुँदै आएको जे फाइभ भन्दा ९ लाख सस्तो हो । कम्पनीले जे फाइभको रेगुलर भेरियन्ट ५६ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

कम्पनीले नयाँ जे फाइभ प्रो सानो ब्याट्रीमा ल्याएसँगै मूल्य सस्तिएको हो । यसअघि बिक्री हुँदै आएको जे फाइभमा ५८‍.९ किलोवाट आवरको ब्याट्री रहेको छ। नयाँ जे फाइभ प्रोमा ५०.७ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ४०५ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

नयाँ जे फाइभ प्रोमा १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ । जसले २८८ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यसको क्याबिनमा ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १३.२ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम छ । यसमा पानोरामिक ग्लास रूफ, एप्पल कारप्ले/एन्ड्रोइड अटो, ५० वाट वायरलेस मोबाइल चार्जिङ, डुअल–जोन क्लाइमेट कन्ट्रोल, फ्रन्ट सिट भेन्टिलेसन, पावर टेलगेट र ३६० डिग्री क्यामेरा लगायत सुविधा छन् ।

नयाँ जे फाइभ प्रोमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, अटो होल्ड, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाष्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट लगायत सुविधा भएको एडास फिचर छन् ।

यसकाे १८५ एमएमको ग्राउन्ड क्लियरेन्सले विविध सडक अवस्थाका लागि थप आत्मविश्वास प्रदान गर्छ भने फुल-साइज स्पेयर टायर ले नेपाली सडक र यात्राका क्रममा थप व्यावहारिकता तथा मानसिक शान्ति सुनिश्चित गर्दछ।

स्वामित्वको अनुभवलाई अझ विश्वसनीय बनाउँदै कम्पनीले यसमा ११ वर्ष वा २,४०,००० किलोमिटर सम्मको विस्तारित वारेन्टी दिएकाे छ ।


Back_to_top