काठमाडौं । विद्युतीय स्कुटरको बजार विस्तार हुँदै जाँदा ग्राहकका आवश्यकता पनि फरक-फरक देखिन थालेका छन् । कसैलाई दैनिक सहरभित्रको आवतजावतका लागि किफायती स्कुटर चाहिएको छ भने कसैको प्राथमिकता लामो रेन्ज हुन्छ । त्यस्तै, केही ग्राहकका लागि रेन्जसँगै उच्च स्पीड, बढी फिचर र प्रिमियम अनुभव प्रदान गर्नेखालकाे माेडल चाहिन्छ ।
चेतक स्कुटर सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।
उपभाेक्ताकाे फरक आवश्यकता सम्बोधन गर्न बजाजले चेतक सिरिजमा विभिन्न भेरियन्ट उपलब्ध गराएको छ । अहिले चेतक परिवारमा C2501, C3503 र C3501 जस्ता विकल्प रहेका छन् ।
हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपालमा बिक्री गर्दै आएको चेतक स्कुटर ब्याट्री क्षमता, रेन्ज, टप स्पीड, चार्जिङ समय र उपलब्ध फिचरका आधारमा तीन भेरियन्टबीच स्पष्ट अन्तर देखिन्छ ।
यदि तपाईकाे राेजाइ चेतक C2501 हाे भने दैनिक शहरी आवतजावत गर्न उत्तम हुन्छ । यसमा २.५ किलाेवाट आवर क्षमताको ब्याट्री छ । यसले एकपटकको चार्जमा ११३ किलोमिटर रेन्ज दिन्छ ।
यसको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा छ । त्यसैले उच्च गतिमा लामो दूरी यात्रा गर्नेभन्दा कार्यालय, कलेज, बजार तथा दैनिक कामका लागि सहरभित्र स्कुटर चलाउने प्रयोगकर्ताका लागि यो बढी उपयोगी देखिन्छ ।
यसको अर्को आकर्षण चार्जिङ समय हो । चेतक C2501 लाई फुल चार्ज गर्न करिब २ घण्टा २५ मिनेट लाग्छ ।
अर्काे चेतक C3503 भने ब्याट्री र रेन्जका हिसाबले C2501 भन्दा माथिल्लो तहमा छ । यसमा ३.५ किलाेवाट आवरकाे ब्याट्रीमा उपलब्ध छ ।यसले एकपटककाे चार्जमा १५१ किलोमिटर रेन्ज दिने कम्पनीकाे दाबी छ । अर्थात् C2501 को तुलनामा यसको रेन्ज करिब ३८ किलोमिटर बढी छ । दैनिक धेरै किलोमिटर स्कुटर चलाउने प्रयोगकर्ताका लागि याे ठिक हुन सक्छ ।
चेतक C3503 को टप स्पीड ६३ किलोमिटर प्रतिघण्टा छ । यसकाे अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेकाे छ । यसको मुख्य विशेषता उच्च स्पीडभन्दा पनि बढी रेन्ज हो ।
यसमा 3.5 kWh ब्याट्री भएकाले C2501 भन्दा चार्जिङ समय पनि लामो छ । उपलब्ध तथ्यांकअनुसार पूर्ण चार्जका लागि करिब ३ घण्टा २५ मिनेट लाग्छ ।
चेतक परिवारको प्रिमियम विकल्पका रूपमा C3501 लाई लिन सकिन्छ । यसमा पनि 3.5 kWh ब्याट्री प्रयोग गरिएको छ । तर यसको मुख्य आकर्षण रेन्ज मात्र होइन, उच्च स्पीड र थप प्रविधि हो ।
त्यसैगरी C3501 भेरियन्टकाे रेन्ज १५३ किलोमिटर दाबी गरिएको छ । रेन्जमा C3503 भन्दा २ किलोमिटर कम भए पनि यसको टप स्पीड भने धेरै छ । C3501 को अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसले C3501 लाई शहरी आवतजावतसँगै तुलनात्मक रूपमा खुला सडकमा पनि उच्च गतिमा चलाउन चाहने ग्राहकका लागि आकर्षक बनाउँछ ।
त्यसैगरी, यो भेरियन्टमा थप प्रिमियम तथा स्मार्ट फिचर उपलब्ध छन् । त्यसैले यसको लक्षित ग्राहक केवल लामो रेन्ज खोज्नेभन्दा परफर्मेन्स, प्रविधि र प्रिमियम अनुभव चाहने समूह हुन सक्छ ।
मूल्यको कुरा गर्दै यसको सबैभन्दा महंगो भेरियन्ट C3501 किन्न ३ लाख ७९ हजार ९०० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।


